सबैले रक्तदान गर्नुपर्छ

सबैले रक्तदान गर्नुपर्छ
सांकेतिक तस्बिर
सुन्नुहोस्

रगतका कुरा गर्नु जरुरी छ। कसैको अप्रेसन, डेलभरि, दुर्घटना या अन्य विभिन्न अवस्थामा रगतको आवश्यकता पर्छ। यसलाई परिपूर्ति गर्न रगतका कुरा जरुरी छ। 

रक्तदान गर्न १८ वर्ष पूरा गरेको र ४५ किलो तौल पार गरेको हुनुपर्छ । शारीरिक रूपमा तन्दुरुस्त व्यक्तिले नियमित ९० दिनको अन्तरालमा रक्तदान गर्न सकिन्छ। nullसरोजकुमार महतो 

अहिलेको अवस्थामा दुई जनालाई रगत आवश्यक पर्दा एक जनालाई मात्रै रक्तसञ्चार केन्द्रले उपलब्ध गराउन सकेको छ। यस्तो अवस्थामा सबैले नियमित रक्तदान गरेमा बाँकी एक जनाका लागि कमी रहेको रगत सहजै उपलब्ध गराउन सकिन्छ। देशमा १२० को हराहारीमा रक्तसञ्चार केन्द्र छ। जसमा प्रायः जसो व्यवस्थित रूपमा सञ्चालन हुन सकेका छैनन्। निःशुल्क रूपमा रक्तदान गरिन्छ। तर, रक्तसञ्चार केन्द्रमा जाँदा शुल्क लिइन्छ। स्थानीय, प्रदेश र संघीय सरकारले निःशुल्क रगत उपलब्ध गराउनुपर्छ। केही स्थानीय सरकारले सुरु गरिसके भने केही प्रदेश सरकारले गर्दै छन्।

रगतको अभावलाई मध्यनजर गरी ब्लड फर नेपालले काम गरिरहेको छ। रक्तसञ्चार केन्द्रमा रगत पाइएन भने ब्लड फर नेपालले रक्तदाता खोजिदिन्छ। वर्तमान समयमा देशमै सम्भवतः पहिलो रगतसम्बन्धी भव्य कार्यक्रम हुँदै छ। जहाँ देशभरिका युवालाई एकै ठाउँमा ल्याएर रगतका विषयमा नेतृत्व विकास र व्यक्तित्व विकासका कुरा गर्ने जमर्को गरेका छौं। उक्त दुईदिने कार्यक्रमको तयारीमा हामी जुटिरहेका छौं। 

(महतो ब्लड फर नेपालका संस्थापक अध्यक्ष हुन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.