मापदण्ड विपरीतका तेल कम्पनी कारबाहीमा

मापदण्ड विपरीतका तेल कम्पनी कारबाहीमा

१३ ब्रान्डका खाने तेलको नमुना परीक्षण गर्दा चार वटामा नेपाल सरकारले तोकेको पेरोक्साइड भ्यालु बढी

काठमाडौं : मापदण्डविपरीत तेल उत्पादन गर्ने चार ब्रान्डका कम्पनीलाई कारबाही गरिएको छ। बजार अनुगमन गर्दा सरकारले तोकेको गुणस्तरभन्दा धेरै पेरोक्साइड भ्यालु भेटिएपछि काठमाडौं महानगरपालिकाले प्रत्येकलाई दुई लाख रुपैयाँका दरले जरिबाना गरेको हो। यसरी मापदण्डमा नरहेका तेल तीन दिनभित्र फिर्ता ल्याउन, फिर्ता ल्याइएको तेल नष्ट गरिएको प्रमाणसहित महानगरपालिकामा उपस्थिति हुन पत्राचार गरेको छ। 

तीन ब्रान्डका सोयाबिन र एउटा ब्रान्डको तोरी तेल उत्पादन परेका छन्। यसमा मोरङको श्रीराम रिफाइन्ड आयल प्रोडक्ट, वीरगन्ज पर्साको अन्नपूर्ण भेजिटेबल प्रोडक्ट र क्वालिटी विराटनगरका आयल रिफाइनरीका तेल उत्पादनहरू हुन्।

महानगरपालिकाले १३ ब्रान्डका खाने तेलको नमुना परीक्षण गर्दा चारवटा ब्रान्डमा नेपाल सरकारले तोकेको पेरोक्साइड भ्यालु धेरै भएको पत्ता लगाएको हो। महानगरपालिकाले नमुना परीक्षणका लागि वैशाख ३१ गते ‘राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला’ बबरमहल पठाएको थियो। यससँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गरिएको प्रयोगशाला परीक्षण विश्लेषणको प्रतिवेदन प्राप्त भएपछि कारबाही गरिएको हो। 

महानगरपालिकाका अनुसार यसरी मापदण्डभन्दा धेरै पेरोक्साइड भ्यालु र एसिड भ्यालुको मान सरकारले सोयाबिन तेलका लागि तोकेको अनिवार्य गुणस्तर नहुनेमा श्रीराम रिफाइन्ड आयल प्रोडक्टको २०८० पुस २७ गते उत्पादन भएको, पक्वान ब्रान्डको ब्याच र लट नं. (एस)–२ को रिफाइन सोयाबिन आयल एउटा हो।

यो मोरङको श्रीराम रिफाइन्ड आयल प्रोडक्ट हो। यस्तै, ‘२०८० कात्तिकमा उत्पादन भएको अमृत ब्रान्डको ब्याच र लट नं. ११ को रिफाइन सोयाबिन आयल र २०२४ अप्रिल महिनामा उत्पादन भएको क्वालिटी ब्रान्डको ब्याच र लट नं. ८ को रिफाइन सोयाबिन आयलमा सरकारले तोकेको मापदण्ड नपाइएको महानगरपालिकाले जानकारी दिएको छ। यी उत्पादनहरू क्रमशः अन्नपूर्ण भेजिटेबल प्रोडक्ट, वीरगन्ज पर्सा र क्वालिटी आयल रिफाइनरी, कटहरी विराटनगरका हुन्,’ महानगरपालिकाले भन्यो।  

यसैक्रममा कृषि तथा पशुपन्छी विभागका प्रमुख नूरनिधि न्यौपानेले २०८० साल माघमा उत्पादन भएको, ब्याच र लट नं. १० को फेमिली ब्रान्डको आयातित तोरीको गेडाबाट स्वदेशमा उत्पादन भएको तोरीको तेलमा पारोक्साइड भ्यालु मापदण्डमा नरहेको पाइएको बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.