आज कोशी,बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

आज कोशी,बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने
सुन्नुहोस्

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने बताएको छ । विभागका अनुसार आज अपराह्न कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

आगामी २४ घण्टामा कोशी,बागमती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले  ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव,बाढीपहिरोको जोखिम वा क्षतिबाट बच्न आग्रह गरेको छ ।

भारी वर्षाबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.