वीरगन्जमा सार्वजनिक धाराबाट पानी लैजान नदिने व्याक्तिको दैलोमा वडाध्यक्षले थुपारिदिए फोहोर

वीरगन्जमा सार्वजनिक धाराबाट पानी लैजान नदिने व्याक्तिको दैलोमा वडाध्यक्षले थुपारिदिए फोहोर

वीरगन्ज : वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील कुमार साह कानुले सार्वजनिक स्थानमा गाडिएको डीप बोरिङको धाराबाट छिमेकीलाई पानी नदिने व्याक्तिको घर अगाडि ट्याक्टरबाट फोहोर लगेर थुपारिदिएका छन् । 

वरिगन्ज–१० रानीघाटको गायत्री मन्दिर टोलका सन्जय कुमार कलवारको घर अगाडि बिहीबार बिहान वडाध्यक्ष कानुले वडाबाट संकलित फोहोर ट्याक्टरमा लगेर थुपारी दिएका हुन् ।

वडाध्यक्ष कानुका अनुसार टोलभरीकै चापाकल सुकेपछि छिमेकीहरूलाई पानी लग्ने दिने शर्तमा वडा कार्यालयबाट लिखित रुपमै अनुमति लिएर कलवारले गत वैशाख २० गते आफ्नो घर अगाडिको सडकमा डीप बोरीङ गाडेका थिए । तर उक्त डीप बोरीङबाट कलवारले छिमेकीका घरमा पानी लैजान नदिएपछि छिमेकीहरू गुनासो लिएर वडा कार्यालयमा पुगेका थिए ।

त्यसपछि कलवारलाई फोन गरेर छिमेकीलाई पनि पानी दिन आग्रह गर्दा कलवारले आफूसहित चार जनाले खर्च गरेर बोरीङ गाडेकोले अरुलाई पानी दिन नसक्ने ठाडो जबाफ दिएको वडाध्यक्ष कानुले बताए । वडासदस्यहरु पनि कलवारकै घरमा पठाएर सम्झाई बुझाई गर्न खोज्दा पनि अटेर गरेपछि बाध्य भएर उनको घर अगाडिको दैलोमा कचरासहितको फोहोर लगेर थुपार्न लगाएको वडाध्यक्ष कानुले बताए । 

वडाध्यक्ष कानुले भने, ‘एक त वडा कार्यालयबाट कलवारले छिमेकीहरुलाई पनि पानी दिने लिखित शर्त गरेरै सडकमा बोरीङ गाडेका हुन् । अर्को कुरा उनले आफ्नो निजी जग्गामा नभई घर अगाडिको सडकमा बोरीङ गाडेका हुन् । सडक सार्वजनिक स्थान हो । सार्वजनिक स्थानमा गाडिएको धारा वा बोरीङ कसैको निजी वा पेवाको सम्पति हुनै सक्दैन । सडकमा गाडिएको बोरीङ सार्वजनिक हुन्छ । सबैले पानी प्रयोग गर्न पाउनु पर्छ । ’

अहिले वीरगन्जभरि नै चाकलहरू सुकेर पानीको संकट भइरहेका बेला कलवारले बदमासी गरेपछि आफूले पहिलो पटक चेतावनी दिनका लागि वडाबाट संकलन गरिएको कचरासहितको फोहोर ट्याक्टरमा लगेर उनको दैलोमा खसाल्न लगाएको वडाध्यक्ष कानुले बताए । उनले भने,‘ यो चेतावनीको संकेत मात्रै हो । यदि कलवारले छिमेकीलाई पानी दिएनन् भने सार्वजनिक स्थानमा गाडिएको बोरीङ उखेल्न लगाउँछु । त्यसपछि स्थानीयका लागि पानीको संकट टार्न अर्को विकल्पको व्यवस्थापन गर्छु ।‘

गत वैशाखदेखि वीरगन्जको शहरी क्षेत्रमा चाकलहरू सुकेर खानेपानीकै संकट सुरु भएपछि रानीघाटका कलवार छिमेकीहरूलाई आवश्यकता अनुसार बोरीङबाट पानी लैजान दिने शर्तमा वडा कार्यालयको अनुमति लिएर आफनै घर अगाडिको सडकमा डीप बोरिङ गाडेका थिए । त्यसमा लागेको खर्च कलवारसहित चार जनाले ब्यहोरेका थिए । उक्त डीप बोरीङबाट कलवार र बोरीङ गाड्न खर्च दिएका व्यक्तिहरूको घरमा मात्र अहिले पाइप जोडेर पानीको आपूर्ति भइरहेको छ । 

अहिले चापाकल सुकेर खानेपानीको संकट झन् बढ्दै गएपछि उक्त बोरीङमा पाइप जोडेर पानी लैजान खोज्दा कलवार र उनका साझेदारले लैजान नदिएको स्थानीय अक्षय कुमार सर्राफले बताए । ५० हजार रुपैयाँ दिएमात्र पानी लैजान दिने शर्त कलवार र उनका साझेदारले राखेको सर्राफले बताए । उनले भने,‘ त्यत्रो पैसा हामीले कहाँबाट ल्याउने ? पैसा दिएमात्र पानी दिने नत्र नदिने यो कहाँको न्याय हो ?’ 

वडा कार्यालयमा गुनासो लिएर पुगेका सर्राफले भने,‘चापाकल सुकेर पानी आएको छैन । घर छेउमै डीप बोरीङ छ । तर हामीले पानी पाएका छैनौं । बोरीङमा पाइप जोड्न जाँदा कलवारसहितका मान्छेले ५० हजार दिने भए पानी लैजाउ । नत्र पानी छैन भनेर धम्क्याउँछन् ।’

केही दिन पहिलेमात्रै पानीको संकट भएपछि कलवारकै छिमेकका राजकुमार सर्राफले कलवारलाई ४० हजार रुपैयाँ दिएपछि मात्रै बोरीङमा पाइप जोडेर पानी लैजान दिएको उनका दाजु बलिराम सर्राफले बताए । 

कलवारकै अर्का छिमेकी सन्तोष साह कानुले पनि कलवारले मागे अनुसारको पैसा दिन नसक्दा पानी लान नपाएको दुखेसो पोखे । उनले भने,‘ सार्वजनिक प्रयोगका लागि वडाध्यक्षले पठाइदिएको ५ हजार लिटरको ट्यांकीमा पनि कलवारले पानी भर्न दिएका छैनन् । यो त सरासर अन्याय हो ।’

यता कलवारले भने आफूहरूले साढे ३ लाख रुपैयाँ खर्च गरेर डीप बोरीङ गाडेकाले उक्त बोरीङबाट पाइप जोडेर अरुलाई पानी लैजान नदिने बताए । बोरीङ गाड्नका लागि खर्च दिएका व्यक्तिहरूको घरमा मात्रै पाइप जोडेर पानीको आपूर्ति गरिएको भन्दै उनले भने, ‘बोरीङ गाड्ने बेला छिमेकका घर घरमा गएर हामीले पैसा मागेका थियौं। त्यो बेला कसैले पनि एक सुका झारेन । जसलाई पानी चाहिएको छ मेरो दैलोको धारमा आएर बाल्टी थापेर लगे हुन्छ । हामी रोक्दैनौं । तर बोरीङमा पाइप जोड्न दिंदैनौं। वडाध्यक्ष होस् वा जो सुकै होस् पाइप जोड्न दिँदैनौं ।’

वडाध्यक्षले अब पनि दबाब दिए आफूहरूले वडाभरीकै बोरीङको पाइप उखेलेर फ्याकिदिने धम्की पनि उनले दिए । उनले भने,‘ अब हामी पनि हेर्छौं को आएर हामीलाई टर्चर गर्छ । वडाध्यक्ष वा अरु कसैले जबरजस्ती पाइप जोडेर पानी लैजान खोज्यो भने पूरै वडाभरका बोरीङ उखलेर फालिदन्छौं । पाइप काटी दिन्छौं।’

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.