भूकम्प प्रभावित क्षेत्रका २८ बस्ती सारिनुपर्ने

भूकम्प प्रभावित क्षेत्रका २८ बस्ती सारिनुपर्ने

 जाजरकोट : भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका २८ बस्तीलाई तत्काल स्थानान्तरण गर्न आग्रह गरिएको छ। भूगर्भविद्ले हालै गरेको स्थलगत अध्ययनले ती बस्तीहरू बाढी पहिरोको उच्च जोखिममा रहेको भन्दै तत्काल स्थानान्तरणका लागि सम्बन्धित निकायलाई सिफारिस गरिएको हो। जाजरकोटका २२ गाउँ र रुकुम पश्चिमका ६ गाउँलाई तत्काल सुरक्षित स्थानमा नसारे ठूलो क्षति हुन सक्ने भूगर्भविद्ले चेतावनी समेत दिएका छन्। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले जियोटेक सोलुसन्स इन्टरनेसनल प्रालिमार्फत जाजरकोट भूकम्पले निम्त्याएको पहिरोको जोखिमको विस्तृत अध्ययन गर्ने जिम्मेवारी दिएको थियो। जियोटेकले दर्जन बढी भूगर्भविद् र इन्जिनियरहरूलाई अध्ययनका लागि केही समय अघि जाजरकोट र पश्चिम रुकुम खटाएको थियो। भूगर्भविद्ले गरेको भौगर्भिक अध्ययन र स्थलगत अवलोकनका आधारमा उच्च जोखिममा रहेका बस्ती तत्काल खाली गरी सुरक्षित स्थानमा सार्न अनुरोध गरिएको भूगर्भविद् एवं इन्जिनियर अनिश खनालले बताए।

उनका अनुसार भेरी–१ को मैदे, चौपानी, चौर, बारेकोट गाउँपालिका–६ को नाउली निमयारी, वडा नं ९ को लैखम, वडा नं ५ को तोलखाना, छेडागाड नगरपालिका–२ को डेटकुले, वडा नं ३ को दलितबस्ती, लिवालबस्ती, वडा नं १२ को साँगाचौर बस्ती, वडा नं १३ को बगाहा र शिवालय गाउँपालिका–२ को दुनगारा, वडा नं ३ को सीमा, वडा नं ६ को लुपपाखा, वडा नं ७ को भिउस, नलगाड–१ को चिउरी, पाली, पुवाडाँडा, नलगाड–२ को चैतेकाफल, रुमाली, अयाना, वडा नं ४ को औलभारी बस्ती पहिरोको उच्च जोखिममा रहेका छन्। ती बस्ती तत्काल नसारे जति बेला पनि पहिरोले बस्ती नै सखाप पार्न सक्ने भूगर्भविद् खनालको चेतावनी छ।

त्यस्तै रुकुम पश्चिमका सानीभेरी गाउँपालिका १ चाइनावगर, वडा नम्बर ३ गजेटाकुरी, आठवीसकोट १३ कालापहिरा र माथिल्लो कुरीधारा बस्ती पनि पहिरोको उच्च जोखिममा छन्। ती स्थानका बस्तीलाई तीन महिनासम्म सुरक्षित स्थानमा सार्न प्राधिकरणमार्फत सरकारलाई सिफारिस गरिएको भूगर्भविद खनालले बताए।

‘वर्षात्को समयमा आगामी तीन महिना भूकम्पले हल्लाएर कमजोर बनेको जमिन, जमिनको बनावट र भौगर्भिक अध्ययनबाट ती बस्तीहरू जुनसुकै बेला पनि खतराउन्मुख छन्। जतिवेला पनि पहिरो खस्न सक्छ त्यसैले तत्काल बस्ती सार्न सम्बन्धित निकायलाई आग्रह गरेको छौं’, उनले भने, ‘तीन महिनापछि बस्न मिल्छ कि मिल्दैन त्यसको विस्तृत अध्ययन नै गर्नुपर्छ तर प्रारम्भिक अध्ययनले रुकुम पश्चिम र जाजरकोटका तीन सय बढी बस्ती पहिरोको जोखिममा रहेपछि २८ वटा बस्ती हाई रिस्कमा छन्। बेलैमा तिनै तहका सरकारले बस्ती जोगाउन पहलकदमी लिनु आवश्यक छ।’

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा मंगलबार दर्जनौं ठाउँमा बाढीपहिरोको जोखिम रहेको भन्दै जोखिमयुक्त ठाउँमा सजर्कता अपनाउन आग्रह गरिएको छ। भूकम्पबाट छियाछिया भएको जमिन बस्न सुरक्षित नभएकाले ती स्थानका स्थानीयलाई सुरक्षित स्थानमा राख्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.