राजनीतिक अस्थीरताले मन्त्रालयमा गएर सहज रुपमा काम गर्न सकिएन : सामान्य प्रशासनमन्त्री जोशी

राजनीतिक अस्थीरताले मन्त्रालयमा गएर सहज रुपमा काम गर्न सकिएन : सामान्य प्रशासनमन्त्री जोशी

स्थानीय तहमा प्रमुख प्रशासनकीय अधिकृत पठाउदा आफुले निकै दबाब महशुस गरेको उनको भनाइ छ ।

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा ऐन समयमा नै आउन नसक्दा कर्मचारी व्यवस्थापनमा समस्या देखिएको बताएका छन्।

राष्ट्रियसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक २०८१ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री जोशीले मुलुक संघीयतामा गएको लामो समय हुदा पनि आवश्यक ऐन समयमा नै ल्याउन नसक्दा संघ र प्रदेशको कर्मचारी व्यवस्थापन गर्न कठिन भएको बताएका हुन् ।

स्थानीय तहमा प्रमुख प्रशासनकीय अधिकृत पठाउदा आफुले निकै दबाब महशुस गरेको उनको भनाइ छ । उनले निश्चित मापदण्ड नहुँदा स्थानीय तहमा खटाएका कर्मचारी कार्यस्थलमा जान नखोज्ने र गएका कर्मचारीहरुलाई पनि हाजिर गर्न नदिने प्रवृतिहरु देखापरेको धारणा राखे। मुलुकको राजनीतिक अस्थीरताका कारण पनि मन्त्रालयमा गएर सहज रुपमा काम गर्न नसकेको उनको भनाइ छ ।

उनले प्रदेश तथा स्थानीय तहमा सम्बन्धित निकायको अनुरोधमा सरकारबाट कर्मचारी व्यवस्था गरिँदै आएको जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.