केन्द्रीय समिति टुंगो लगाउँदै जसपा नेपाल

केन्द्रीय समिति टुंगो लगाउँदै जसपा नेपाल
फाइल तस्बिर।

काठमाडौं : जनता समाजवादी पार्टी नेपालले केन्द्रीय समितिको नामावली टुंगो लगाउने भएको छ।

पार्टीको महाधिवेशनले अध्यक्ष उपेन्द्र यादवलाई निर्विरोध चयन गरेर बाँकी पदाधिकारी र सदस्य टुंगो लगाउने जिम्मेवारी उनलाई दिएको थियो। सोहीअनुसार यादवले २०१ सदस्यीय केन्द्रीय समिति टुंगो लगाउन लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। 

उनका अनुसार पार्टीको विधानमा १५१ सदस्यीय समितिको व्यवस्था भएपनि जसपा नेपालले महाधिवेशनबाट विधान संशोधन गरि २०१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको हो। 

जसपा नेपालको महाधिवेशन अध्यक्षबाहेकका अन्य पदमा भने उम्मेदवारी परेको थियो। जसअनुसार १ सहअध्यक्ष पदका लागि ३ जना, ५ उपाध्यक्ष पदका लागि २३ जना, २ महासचिवका लागि ६ जना र  ३ उपमहासचिवका लागि १३ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका थिए। ७ सचिव पदका लागि ३४ जना र १ कोषाध्यक्षका लागि ३ जनाको उम्मेदवारी परेको थियो। 

निर्वाचनले पार्टीलाई नोक्सान पुर्‍याउने देखिएपछि निर्वाचन प्रक्रिया स्थगित गरी महाधिवेशन हलबाट समिति टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई दिएको थियो। पार्टीले महाधिवेशनबाट भए गरेका निर्णयको जानकारी निर्वाचन आयोगलाई गराउने तयारी गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.