दाफा भजन खलले गुँला पर्व आयोजना गर्ने

दाफा भजन खलले गुँला पर्व आयोजना गर्ने
सुन्नुहोस्

भक्तपुर : नगदेशमा श्री सिद्धि गणे द्यो : दाफा भजन खलले २०८१ सालको गुँला पर्व आयोजना गर्ने भएको छ। 

बुधबार खलले आफ्नो संस्कृति जगेर्ना गर्नका लागि गुँला पर्व आयोजना गर्न लागेको जनाएको हो। दाफा भजन खलका गुरू तुलसी बहादुर घवाले आउने घण्टाकर्ण चतुर्दशीको भोलि पल्टबाट गुँला पर्व मनाइने जानकारी दिए। 

उनले बुधबार औंसीको अवसर पारी गुँला बाजा तालिम सुरु गरिएको र अब एक महिनापछि गुँला बाजा निस्किने बताएका छन्। उनले भने, ‘घण्टाकर्ण चतुर्दशीको भोलिपल्टबाट ठ्याक्क एक महिना पछि गुँला निस्किन्छ।’ 

उनका अनुसार दाफा भजन खलले गुँला बाजा तालिम समेत सुरु गरेको छ। खलले मुख्य गरी बालबालिकाहरुलाई लक्षित गरी झ्वापुननी टोलमा धा बाजा तालिम सञ्चालन गरेको हो। 

दाफा भजन खलले केही दिनमा बैठक बसेर विभिन्न ख लाई तालिममा इच्छुक व्यक्तिहरूलाई सहभागी गराउन निमन्त्रणा पठाउने छ। नगदेश बौद्ध विहारको आयोजनामा गुँला पर्व नमनाएदेखि नगदेशमा नेवाः ऐतिहासिक सांस्कृतिक भजन खल र श्री सिद्धि गणे द्यो दाफा भजन खलले गुँला पर्व आयोजना गर्दै आएको छ। 

यसअघि २०८० सालमा नेवाः ऐतिहासिक सांस्कृतिक भजन खलले गुँला पर्व आयोजना गरेको थियो। गुँला पर्व बौद्ध धर्मावलम्बी तथा नेवार समुदायले मनाउने विभिन्न पर्व मध्येको एक हो। यस पर्वलाई सबै लामो समयसम्म मनाइने पर्वका रूपमा समेत लिइन्छ। 

यस पर्वमा विभिन्न परम्परागत बाज जस्तै धा बाजा, नाय खिँ बाजा, नेकु बाजा लगायतका बाजाहरू बाँसुरी, मुहालीको धुन बजाएर विभिन्न मठ मन्दिर र धार्मिक स्थलहरूको दर्शन गर्ने गरिन्छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.