राष्ट्रिय सहमतिको सरकार गठनमा सहभागी हुनुहोस्

एमालेले प्रधानमन्त्रीलाई भन्यो - दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नू

एमालेले प्रधानमन्त्रीलाई भन्यो - दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नू

काठमाडौं : नेकपा एमालेले अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन प्रधानमन्त्रीको ध्यानाकर्षण  गराएको छ। एमालेले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत पाउने अवस्था नरहेको र  अल्पमतमा परेको सरकारबाट दिर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न /नगराउन भनेको हो।

एमाले महासचिव शंकर पोखरेलको हस्ताक्षरमा जारी  विज्ञप्तिमार्फत् राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न समेत  प्रधानमन्त्री 'प्रचण्ड' लाई अनुरोध गरिएको छ।

'ससंसदका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन नेकपा (एमाले) सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को ध्यानाकर्षण गर्दछ, 'विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न पुनः अनुरोध गर्दछ ।'

एमाले र कांग्रेसबीच गठबन्धनसहितको राष्ट्रिय सरकार बनाउने सहमति भएसँगै प्रचण्ड नेतृत्वको सरकार राजनीतिक संकटमा परेको छ। एमाले र कांग्रेसले राजीनामा दिएर नयाँ सरकार गठनमा सहयोग गर्न आग्रह गरेपनि प्रधानमन्त्री प्रचण्ड भने राजीनामा नदिने,संसदको 'फेस' गर्ने तयारीमा छन्।

राजीनामा दिन एमालेले गरेको आग्रह अस्वीकार गरेपछि प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेले आफ्ना मन्त्रीहरूलाई बोलाइसकेको छ।

प्रधानमन्त्रीले आफूले संसद फेस गर्ने र त्यसका लागि सहयोग गर्न आग्रह गरेपछि राजीनामा बुझाउन बिहीबार बालुवाटार  पुगेका  राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू राजीनामा नबुझाइ फर्किएका छन्। 

कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ। पहिलो चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष  केपी शर्मा ओलीले गर्नेछन्।  त्यसपछि बाँकी समय कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने सहमति भएको छ। उनीहरूबीच संविधानको धारा ७६ (२) अनुसार नै सरका गठन गर्ने सहमति भएको हो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.