रारा तालमा डुबेर युवकको मृत्यु

रारा तालमा डुबेर युवकको मृत्यु
सुन्नुहोस्

मुगु : रारा तालको किनारमा पौडी खेल्ने क्रममा तालमा डुबेर युवकको मृत्यु भएको छ। रारा तालको पूर्वी भागमा पर्ने ठाकुर नाथस्थित तालको किनारमा पौडी खेल्ने क्रममा छाँया नाथ रारा नगरपालिका-५ का २१ वर्षीय शिशिर जंग रावलको डुबेर मृत्यु भएको प्रहरीले बताएको हो।

मृतक रावल रारा ताल किनारमा निर्माणाधीन साइकल लेनमा मजदुरी गर्दै थिए। अरू चार जना साथीहरूसँग घर फर्कने क्रममा उनी सहित अरू साथीहरूले तालको छेउमा पौडी खेल्दा रावलको मृत्यु भएको उनका काका नरेन्द्र रावलले जानकारी दिएका हुन। दिउँसो २ बजे घटेको घटना जानकारी पाउन बित्तिकै नेपाली सेनाको हनुमान ध्वज गुल्मबाट दुईवटा डुंगाबाट नेपाली सेना घटनास्थलमा पुगेको थियो। 

रारा विमानस्थल र जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली पुगी शव तालबाट बाहिर निकालेका थिए। घटनाको मुचुल्कापछि शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.