नवलपरासीमा ८० प्रतिशत रोपाइँ सकियो

नवलपरासीमा ८० प्रतिशत रोपाइँ सकियो
सुन्नुहोस्

परासी : नवलपरासी खाद्यान्नमा आत्मनिर्भर रहेको छ। हरेक वर्ष वार्षिक २ अर्ब बढीको धान उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको ‘हाम्रो जिल्ला धानसहित अन्य खाद्यान्नमा आत्मनिर्भर रहेको छ’, ज्ञान केन्द्र प्रमुख डा. रविन्द्रनाथ चौवेले भने। 

विगतको तुलनामा धान उत्पादन बढ्दो छ। आवश्यकताभन्दा बढी भएको धान किसानहरूले बिक्री गर्ने गरेका छन्। ज्ञान केन्द्रको तथ्यांकअनुसार जिल्लामा प्रति व्यक्ति प्रति वर्ष १८१ केजी खाद्यान्न आवश्यक रहेकोमा २२४ केजी उत्पादन हुने गरेको छ। फलफूलतर्फ केरामा पनि जिल्ला आत्मनिर्भर रहेको छ। तरकारी, दलहन र तेलहनमा भने जिल्ला परनिर्भर रहेको ज्ञान केन्द्र प्रमुख चौवेले जानकारी दिए।  

तथ्यांकअनुसार जिल्लामा वार्षिक १ लाख ३४ हजार ७५ मेट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको छ। त्यस्तै तरकारी ३२ हजार ४५८, फलफूल ६१ हजार ३६७, दलहन ६ हजार ४६७ र तेलहन ४ हजार ९६५ मेट्रिक टन उत्पादन हुने गरेको ज्ञान केन्द्रले जनाएको छ। 

यसैबीच अहिलेसम्म ७० प्रतिशत रोपाइँ सकिएको छ। 

जिल्लामा ३० हजार १२३ हेक्टर खेतीयोग्य जमिनमध्ये अहिलेसम्म २७ हजार बढी हेक्टरमा धान रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रका प्रमुख रविन्द्रनाथ चौवेले बताए। धान रोपाइँ हुने क्षेत्रफलमध्ये ७६ प्रतिशतमा सिँचाई सुविधा पुगेको छ। बाँकी क्षेत्रफलमा पम्पसेट, बोरिङ लगायतबाट धान खेती हुँदै आएको छ। 

जिल्लामा जेठको दोस्रो सातादेखि रोपाइँ सुरु भएको हो। अहिले पनि धमाधम रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। समयमा पानीको उपलब्धता र मल पाएका कारण रोपाइँ छिट्टै सुरु भएको हो। ‘बोरिङको उपलब्धताले पानी सहज हुँदा पहिलाभन्दा अहिले रोपाइँ छिट्टै सुरु भएको र पानी पनि समयमा परेकाले समस्या भएन त्यसैले अहिलेसम्म ७० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ’ , चौवेले भने। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.