एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल र महासचिवमा घनश्याम भुसाल चयन

एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल र महासचिवमा घनश्याम भुसाल चयन

काठमाडौं : नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपाल सर्वसम्मत चयन भएका छन्। काठमाडौंमा जारी महाधिवेशनबाट नेपाल पुनः अध्यक्षमा चयन भएका हुन्।

त्यस्तै महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएको समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले बताए। उनका अनुसार सम्मानित नेतामा पनि झलनाथ खनाल दोहोरिएका छन्। बाँकी रहेका पदमा शुक्रबार विहानसम्म टुंगो लगाइने बताइएको छ।

भुसालले अध्यक्ष पदमा दाबी गर्दै आए पनि अन्त्यमा नेपाल नेतृत्वमा जान उनी सहमत भएका थिए। 

असार १६ गतेदेखि सुरू भएको पार्टीको १०औं महाधिवेशन आज सकिँदैछ। ५ दिन चलेको महाधिवेशनले मुख्य तीन पदको छिनोफानो गरे पनि बाँकी पदाधिकारी र केन्द्रीय सदस्य छान्न भने सकेको छैन। भोलिसम्म सहमतिकै आधारमा पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्नेगरी नेतृत्वपंक्ति छलफलमा रहेको नेताहरूको भनाइ छ। 

एकीकृत समाजवादीले १०औं महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो।

एक हजार आठ सय ४९ प्रतिनिधि सहभागी भएको महाधिवेशनमा विभिन्न प्रतिवेदनहरू पनि पेस भएको थियो। प्रतिवेदनमाथि १२ समूह बनाएर छलफल गरिएको थियो। केन्द्रीय कमिटी चयन भएपछि महाधिवेशनको घोषणा पत्र सार्वजनिक गरिने बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.