स्थानीय तहका कृषिमा यान्त्रीकरण

स्थानीय तहका कृषिमा यान्त्रीकरण
सुन्नुहोस्

पछिल्लो समय स्थानीयस्तरमा गोरु र कृषि मजदुरको अभाव हुँदै जाँदा खेतीयोग्य जमिनहरू बाँझो हुन थालेपछि सिन्धुलीका अधिकांश पालिकाले किसानलाई धमाधम अनुदानमा कृषियन्त्र वितरण गर्न थालेका छन्।

दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको जिल्लाका अधिकांश पालिकाले ५० देखि ७५ प्रतिशतसम्म अनुदानमा कृषियन्त्र वितरण थालेका हुन्। स्थानीय तहहरूले वार्षिक कार्यक्रमअनुसार पालिकाका बाँझो जमिनमा कृषि उत्पादनका लागि सहज होस् भन्ने उद्देश्यले किसानहरूलाई कृषियन्त्र वितरण गर्दै आएका हुन्।

परम्परागत रूपमा खेतबारी खनजोत गर्दै आइएको गोरुको प्रयोगको सट्टा र कृषि मजदुरको अभावमा पनि किसानहरूलाई सहयोग पुगोस् भन्नका लागि अनुदानमा हाते ट्याक्टर, पावरटेलर, मोटर पम्प, पाइप, कुटो, कोदालो, रिजर्भ ट्याङ्कीदेखि बिउबिजन, बिरुवा तथा पानी हाल्ने जारीसम्म वितरण गरिएको पालिकाहरूले जनाएका छन्।

आधुनिकीकरण र यान्त्रीकरणका माध्यमबाट किसानको लागतमा कमी र उत्पादनमा वृद्धि हुने भएपछि अधिकांश पालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई नै प्राथमिकतामा राखेर बजेट ल्याउने गरेका छन्।

सिन्धुलीको सुनकोशी गाउँपालिकाले केही दिन अघिमात्र किसानलाई कृषि सामग्री र हाते ट्याक्टर वितरण गरेको छ। गाउँपालिकाले एक घर एक करेसाबारी कार्यक्रमअन्तर्गत ७० कृषकलाई कृषि सामग्री र १८ कृषकलाई मिनीटिलर हाते ट्याक्टर वितरण गरेको हो।

गाउँपालिकाले ७० किसानलाई तरकारीको बिउबिजन, प्राङगारिक मल, गार्डेन पाइप, स्प्रिङकेल, पहेँलो टाँसिने जाल, हजारी, पाँच सय लिटरको ट्याङ्की, कुटोलगायतका कृषि सामान वितरण गरेको हो। किसानको लागतमा कम र उत्पादनमा वृद्धि गर्ने उद्देश्यले आवश्यक सामग्री अनुदानमा दिइएको गाउँपालिकाकी अध्यक्ष दीपा बोहोरा दाहालको भनाइ छ।

यस्तै जिल्लाको तीनपाटन गाउँपालिकाले पनि व्यावसायिक रूपमा कृषि व्यवसाय गर्दै आएका कृषकलाई कृषियन्त्र उपहारस्वरूप प्रदान गरेको छ। गाउँपालिकाको वार्षिक कार्यक्रमअनुसार पालिकाका १७ अगुवा कृषकहरूलाई कृषि सामग्री मिनीपावर टेलर प्रदान गरेको हो।गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापाका अनुसार तीनपाटन गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र हाम्रो प्रयास नेपाल सिन्धुलीको सहजीकरणमा गाउँपालिकाका विभिन्न वडाका १७ कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र प्रदान गरिएको हो।सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका तीन वटा वडाका किसानलाई सिँचाइ सुविधाका लागि पानी तान्ने मोटर र पाइप वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

बिहीबार गाउँपालिकाले नियमित कुलोबाट सिँचाइ सुविधा नभएका किसानलाई लक्षित गरेर वडा नम्बर ६, ७ र ८ का किसानलाई मोटरपम्प र पाइप वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र पैकराले जानकारी दिए। सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य राजन दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मोटर र पाइप वितरण गरिएको पैकराको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.