नयाँ मान्छे देख्दा लजाउने महिला अहिले आयआर्जनमा

नयाँ मान्छे देख्दा लजाउने महिला अहिले आयआर्जनमा
सुन्नुहोस्

मुगु : गाउँमा नयाँ मान्छे देख्नेबित्तिकै घुम्टोले मुख छोपेर लजाउने ग्रामीण भेगका महिला हिजोआज खुलेर बोल्न थालेका छन्। यति मात्र होइन, उनीहरू व्यक्तिगत सरसफाइलाई प्राथमिकतामा राखेर जीविकोपार्जनका लागि विभिन्न सीपमूलक कार्यमा अगाडि बढ्न थालेका छन्। 

महिला विभिन्न खाले तालिम, गोष्ठी र समूहका बैठक छलफलमा सहभागी हुन थालेपछि खुलेर बोल्नुका साथै विभिन्न खाले आयआर्जनका कार्यक्रम सञ्चालनमा ल्याउन थालेका हुन्।

 सोरु गाउँपालिका ६, ७, ८, १० र ११ वडामा आइएनएफ मुगुद्वारा सञ्चालित समावेशी विकास सशक्तीकरण र जिविकोपार्जन कार्यक्रमले तालिम, गोष्ठी, बैठक र छलफल गराउँदा आफूहरू निरधक्कका साथ खुलेर बोल्न सक्ने भएको आईएनएफ मुगुले आयोजना गरेको सामाजिक लेखापरीक्षणमा सहभागी महिलाले बताए। 

‘गाउँमा नयाँ मान्छे देख्नेबित्तिकै लजाउने हामी महिला अहिले खुलेर बोल्न सक्ने भएका छौं। सहीछाप गर्न नसक्नेहरू सहिछापा लगाउन सक्ने भएका छौं। आधा पुरुषलाई राष्ट्रिय गान आउँदैन। हामी तालिम गोष्ठीमा सहभागी भएपछि हामीलाई राष्ट्रिय गान समेत पूरै कण्ठ छ।’

 पुरुषले आफ्नो कमाइ भन्दै जाँड–रक्सीमा खर्च गर्न थालेपछि गिट्टी कुटेर भए पनि त्यसबाट आम्दानी भएको रकम महिलाले स्थापना गरेका सहकारीमा मासिक बचत गर्ने गरेका छन्। त्यति मात्र नभई सरसफाइ आफ्नो लागि हो भन्ने ठानेर व्यक्तिगतदेखि घरपरिवार र समुदायको सरफाइलाई उनीहरूले पहिलो प्रथामिकतामा राख्ने गरेको सोरु गाउँपालिका–८ प्रगतिशिल महिला समूहकी सदस्य रिठु रावलले बताइन््। सोही गाउँपालिका–१० लोहरी मष्टा समूहकी छिउरी मल्लले गाउँका महिला पुरुषभन्दा कम नभएको र पुरुषभन्दा धेरै तल्लीन हुने भएकाले व्यक्तिगत सरसफाइ मात्र नभई सामन्य घरखर्चका लागि शिप विकासका तालिम प्राप्त गरी आर्थिक क्षेत्रमासमेत टेवा पु¥याएका बताइन्। 

पहिले–पहिले महिला आफ्नै गाउँघरमा हुने भेला र छलफलमासमेत खुलेर बोल्न चाहँदैन थिए। अहिले विभिन्न तालिम, गोष्ठी, छलफल र बैठकमा सहभागी हुने मौका पाउन थालेपछि खुलेर बोल्नुका साथै ल्याप्चेबाट सहीछाप गर्ने भएका छन्। उनीहरू आ आफ्नो गाउँमा समूह गठन गरी सामुहीक बचत र सहकारी स्थापनासमेत गरेका छन्। अहिले पुरुषको तुलनामा महिला केही कम नभएका र उनीहरूले उदारणीय काम गरेर देखाउन थालेका सोरु गाउँपालिका–७ का वडा सदस्य पूर्णसिंह बुढाले बताए। परियोजनामार्फत लिएका तालिमले महिलामा जीविकोपार्जन हुने खालका योजना तथा कार्यक्रमसमेत गाउँ बस्तीमा ल्याइ सञ्चालन गर्ने क्षमता विकास भएको आईएनएफ मुगुका परियोजना संयोजक जुवारीलाल कार्कीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.