बेलायत चुनाव : सुनकको पार्टीले १४ वर्षपछि सत्ता गुमायो, लेबर पार्टीको बहुमत

आगामी प्रधानमन्त्री केइर स्टारमर  हुने

बेलायत चुनाव : सुनकको पार्टीले १४ वर्षपछि सत्ता गुमायो, लेबर पार्टीको बहुमत
सुन्नुहोस्

लन्डन : बेलायतमा मतगणना पूरा हुनुअघि नै लेबर पार्टी विजयी भएको छ । योसँगै लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किने भएको हो।  

शुक्रबार सार्वजनिक भएको नतिजामा  लेबर पार्टीले बहुमत पार गरेको छ ।  ६५० सिटमध्ये ५९२ मा जित निकालेको छ । बेलायतमा सरकार बनाउन ३ सय २६ सिट आवश्यक पर्छ ।

बीबीसीका अनुसार चुनावका क्रममा लेबर पार्टीको नेतृत्व गरेका सर केयर स्टारमर बेलायतको आगामी प्रधानमन्त्री हुने छन् । 

सन् २०२२ देखि कन्जरभेटिभ पार्टीको नेतृत्व गर्दै आएका बेलायती प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका ऋषि सुनकले भने अहिलेसम्म ९२ सिटमा मात्र जित हात पारेका छन् । सुनकले हार स्वीकार गर्दै पार्टीसँग माफी मागेका छन् र स्टाररलाई फोन गरेर जितको लागि बधाई दिएका छन्।
 
सुनक उठेको रिचमण्ड र नर्थलर्टनको सिटमा भने जितेका छन् । लेबर पार्टीका प्रधानमन्त्री उम्मेदवार केयर स्टाररले पनि लन्डनको होलबोर्न र सेन्ट प्यानक्रस सिट जितेका छन्। बेलायतमा जुलाई ४ मा स्थानीयसमयअनुसार बिहान ७ बजेदेखि ४० हजार मतदान केन्द्रमा मतदान सुरु भएको थियो ।

राति १० बजे मतदान सकिएको केही समयपछि नै एक्जिट पोलको नतिजा सार्वजनिक भएको हो । जसमा भारतवंशी सुनकको कन्जरभेटिभ पार्टीको लज्जास्पद हार हुने अनुमान गरिएको थियो।

सुनकले आफ्नो हार स्वीकार गरे लेबर पार्टीका नेता कियर स्टाररलाई विजयको लागि बधाई दिंदै भने, 'बेलायतका जनताले सम्मानजनक निर्णय गरेका छन् । यसबाट धेरै कुरा सिक्न आवश्यक छ। हारको जिम्मेवारी लिन्छु ।'

सन् २०१९ को चुनावमा कन्जरभेटिभ पार्टीले ६५० सिट भएको संसदमा ३६४ सिट जितेको थियो। उक्त समय बोरिस जोनसन प्रधानमन्त्री बनेका थिए।

उक्त चुनावमा पार्टीले अघिल्लो पटकको तुलनामा ४७ सिट बढी जीत निकालेको थियो । तर यसपटक अवस्था बिल्कुल उल्टो छ ।

बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ ।

यदि एक्जिट पोलको भविष्यवाणी सही साबित भयो भने केयर स्टारर ४१० लेबर सांसदसहित प्रधानमन्त्री बन्नेछन्। यो जित सन् १९९७ मा टोनी ब्लेयरको ऐतिहासिक जितभन्दा केही कम हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.