इरानमा दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनको लागि मतदान सुरु

इरानमा दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनको लागि मतदान सुरु
सुन्नुहोस्

बाग्दाद : इरानमा गत मे महिनामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका इब्राहिम रायसीको उत्तराधिकारीका लागि सुधारवादी उम्मेदवार मसूद पेजेस्कियान र संस्थापन पक्षधर सइद जलिलीबीचको प्रतिस्पर्धाका लागि शुक्रबार मतदान सुरू भएको इरानको गृह मन्त्रालयले जनाएको छ।

इस्लामिक गणतन्त्रका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले स्थानीय समयअनुसार बिहान ८ :०० बजे मतदान सुरु हुँदा मतदान गरेको सरकारी टेलिभिजनले जनाएको छ।

गृहमन्त्री अहमद वाहिदीले सरकारी टिभीलाई बताए, 'हामी १४ औं राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणको मतदान शुक्रबार बिहानैदेखि सुरु भएको छ। निर्वाचनले देशका ५८ हजार ६३८ मतदान केन्द्र र विदेशका सबै मतदान केन्द्रमा दुई उम्मेदवारमध्येबाट भावी राष्ट्रपति चयन गर्नेछ।'

गाजामा जारी युद्धलाई लिएर क्षेत्रीय तनाव बढेको, इरानको आणविक कार्यक्रमलाई लिएर इरानको पश्चिमा मुलुकसँगको विवाद र प्रतिबन्धग्रस्त अर्थतन्त्रको अवस्थाप्रति जनताको असन्तोषको पृष्ठभूमिमा मतदान हुन लागेको हो।

इरानको निर्वाचन आयोगका अनुसार गत हप्ताको पहिलो चरणको निर्वाचनमा एक मात्र सुधारवादी उम्मेदवार पेजेस्कियानले सबैभन्दा बढी अर्थात् ४२ प्रतिशत मत प्राप्त गरेका थिए। पूर्व आणविक वार्ताकार जलिली करिब ३९ प्रतिशत मतका साथ दोस्रो स्थानमा आएका थिए। इरानको संविधानले व्यवस्था गरे अनुसार कुनै पनि उम्मेदवारको ५० प्रतिशत मत नपुगेको अवस्थामा दुई प्रमुख प्रतिस्पर्धीबीच निर्वाचन गर्ने व्यवस्था छ। 

गत निर्वाचनमा छ करोड १० लाख इरानी मतदातामध्ये ४० प्रतिशतले मात्र मतदान गरेका थिए। यो सन् १९७९ को इस्लामिक क्रान्तिपछि कुनै पनि राष्ट्रपतीय चुनावमा भएको सबैभन्दा कम मतदान हो।

इरानका सर्वोच्च नेता खामेनीले पहिलो चरणमा सहभागिता ‘अपेक्षित रूपमा नभएको’ तर यो ‘प्रणालीविरुद्धको कार्य’ नभएको बताएका छन्। 

गत साता भएको मतदानमा कन्जरभेटिभ संसदका सभामुख मोहम्मद बघेर गालिबाफ १३.८ प्रतिशत मतका साथ तेस्रो स्थान प्राप्त गरेका थिए भने मौलवी मुस्तफा पोरमोहम्मदीले एक प्रतिशतभन्दा कम मत प्राप्त गरेका थिए। 

इरानमा सन् २०२५ मा राष्ट्रपति को चुनाव हुने तय भएको थियो तर मे महिनामा हेलिकप्टर दुर्घटनामा अतिरूढिवादी राष्ट्रपति रायसीको निधन भएपछि यो निर्वाचन अघि सारिएको थियो।

इरानको आर्थिक समस्या, अन्तर्राष्ट्रिय सम्बन्ध, न्यून मतदान र इन्टरनेट प्रतिबन्धका बारेमा दुई पटक बहस भएको थियो।

सन् २००८ देखि उत्तरपश्चिमी शहर ताब्रिजको प्रतिनिधित्व गर्दै आएका ६९ वर्षीय मुटु रोग विशेषज्ञ पेजेस्कियानले सन् २००८ देखि संसद्मा प्रतिनिधित्व गर्दै आएका छन्। 

उनले इरानको मुख्य सुधारवादी गठबन्धनको समर्थन प्राप्त गरेका छन्। पूर्व सुधारवादी राष्ट्रपतिहरू मोहम्मद खतामी र हसन रौहानीले उनको अभियानलाई समर्थन गरेका छन्। 

अर्का उम्मेदवार ५८ वर्षीया जलिलीले कट्टरपन्थी समर्थकहरूको ठूलो आधार जुटाएका छन्। उनलाई गालिबाफ र अन्य दुई अतिरूढिवादी उम्मेदवारहरूको समर्थन रहेको छ। उनीहरू पहिलो चरणको प्रतिस्पर्धामा नै सहभागिताबाट बाहिरिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.