प्रधानमन्त्री प्रचण्डले संसदको सामना गर्ने आँट राख्नुपर्छ : अध्यक्ष नेपाल

प्रधानमन्त्री प्रचण्डले संसदको सामना गर्ने आँट राख्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्ने बताएका छन्। शुक्रबार कमलादीस्थित महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले संसद् 'फेस' गर्ने आँट गर्नुपर्ने बताएका हुन्।

उनले आफू अहिलेको सरकारमा कायम रहेको बताए। पार्टीहरूबीचको सम्बन्धलाई कायम राख्न आवश्यक रहेको उनको भनाइ छ। अध्यक्ष नेपालले आफ्नो पार्टीले लोकतन्त्र,गणतन्त्र,संविधानको रक्षा गर्न र परिवर्तनको गतिलाई तीव्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने बताए।

'हामी अहिलेको सरकारमा कायम रहेका छौं। यो सरकारले  संसदको सामान गर्न आँट राख्नुपर्छ। हाम्रो पार्टीहरूको बीचको सम्बन्धलाई कायम राख्नुपर्छ। हामी लोकतन्त्र गणतन्त्र संविधानको रक्षा गर्न परिवर्तनको गतिलाई तीव्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्छौं,'उनले भने।

उनले प्रधानमन्त्री प्रचण्डले संसद् र पार्टीलाई बलियो बनाउनका लागि सँगै अगाडि जानुपर्छ भनेर आफूलाई भनेको बताए। राष्ट्रिय सरोकारका विषयमा नेपाली कांग्रेस र नेकपा एमालेले अन्य पार्टीसँग सल्लाह नगरी नयाँ सरकार गठन गर्ने सहमति गरेको भन्दै उनले आपत्ती जनाए।

काठमाडौंमा जारी १० औं महाधिवेशनबाट नेपाल पुन: अध्यक्षमा सर्वसम्मतले चयन भएका छन्। एकीकृत समाजवादीले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.