बजेट संशोधनको माग गरेपछि प्रदेशसभा बैठक स्थगित

बजेट संशोधनको माग गरेपछि प्रदेशसभा बैठक स्थगित
सुन्नुहोस्

जनकपुरधाम : मधेश प्रदेशसभा बैठक विपक्षी दलको विरोधका कारण स्थगित भएको छ । रेडबुकमा व्यापक त्रुटि भएको भन्दै लोसपाका सांसद रानी शर्मा तिवारीले सरकारलाई बुझाएको ध्यानाकर्षण पत्रअनुसार बजेट सुधार नभएसम्म छलफल हुन नदिने अडान राखेपछि बैठक स्थगित भएको हो । 

मधेश प्रदेशसभा बैठक सुरू हुने वित्तिकै सांसद तिवारीले रेडबुक सच्याएर नआएसम्म बजेटमा छलफल हुन नसक्ने भन्दै विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरे।

अहिले  जनमत,नेपाली काङ्ग्रेस,जसपा,लोसपासहितका दलबीच सभामुख मण्डलको उपस्थितिमा छलफल जारी छ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.