प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते संसदमा विश्वासको मत लिने भएका छन्। नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धनसहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएपछि अल्पमतमा परेका प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिनका लागि संसद सचिवालयमा पत्राचारसमेत गरिसकेका छन्। उनले संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत लिने जानकारी गराएका हुन्। 

प्रधानमन्त्री दाहाललाई नेकपा एमाले र कांग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरे पनि उनले संसद फेस गर्ने बताउँदै आएका थिए।

असार १७ गते एमाले र कांग्रेसबीच गठबन्धनसहितको राष्ट्रिय सरकार बनाउने सहमति भएको थियो। सहमतिअनुसार संसदको बाँकी कार्यकाल नेपाली कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ। पहिलो चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्नेछन्। त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने सहमति भएको छ। उनीहरूबीच संविधानको धारा ७६ (२) अनुसार नै सरका गठन गर्ने सहमति भएको हो।

null
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.