रञ्जना लिपिमा आकर्षण बढ्दै

रञ्जना लिपिमा आकर्षण बढ्दै
सुन्नुहोस्

भक्तपुर : बीआइटी दोस्रो सेमेस्टरमा अध्ययनरत थिमिको वामुने टोल निवासी अनिशा श्रेष्ठले बाल्यकालदेखि नेवारी भाषा बोल्दै आएकी छन्। तर लिपि भने सिकेकी छैनन्। अनिशालाई नेवारी भाषा खरर बोल्न आउँछ तर लेख्न भने आउँदैन। त्यसैले अनिशालाई लिपि सिक्ने ठूलो रहर छ। उनी दिउँसोको समयमा कलेज जान्छिन्। 

null

कलेजबाट घर आएपछि पनि उनलाई फुर्सद हुँदैन। तर पनि उनले समय व्यवस्थापन गरेर लिपी सिक्न थालेकी छन्। ‘मैले साथीहरूबाट बोडेको प्राइम एकेडेमीमा रञ्जना लिपि कक्षा सञ्चालन भइरहेको भन्ने थाहा पाए। कलेजमा भएको समयमा यसै विषयमा कुराकानी भइरहेको थियो। कलेजमा पढ्ने र यहाँको कक्षाको समय एकै समयमा जस्तो भएको कारण कठिन चाहिँ भाको छ।’

अनिशाकी सहपाठी १८ वर्षीया स्वस्तिका श्रेष्ठलाई पनि आफ्नो भाषा, संस्कृति जोगाउन आफैं अग्रसर हुनपर्छ जस्तो लाग्छ। आफ्नो देशलाई विकास गर्न, आफ्नो पुर्खाले सुम्पेर गएका जति पनि कला, संस्कृति तथा भाषाहरू जोगाउन पहिला आफैंबाट थालनी गर्नुपर्ने उनी बताउँछिन्। 

null

नेवारी भाषा प्रस्टसँग बोल्ने उनले थुप्रै नेवारी भाषा राम्ररी बोल्न नजान्ने युवा युवतीहरू पनि देखेकी छिन। त्यही कुरालाई मनन गरेर फुर्सदको समयमा पाएको अवसरलाई सदुपयोग गर्ने, रञ्जना लिपि सिक्ने र आफूले जति सिक्छिन् अरूलाई पनि सिकाउने योजनाका साथ उनी कक्षामा सहभागी छिन। 

साथीहरूलाई आफूले जस्तै कक्षा लिन सहजीकरण गरिदिने, पोख्त नभए पनि जति सकिन्छ त्यतिलाई अरूमा छर्ने विश्वास पनि उनीमा छ। ‘अहिले म प्लस टु सकाएर बिदामा बसिराको छु। बिदामा बस्दा बिदा किन यूटीलाइज नगर्ने त! अहिले कति युवा युवतीहरूलाई नेवारी भएर पनि नेवारी भाषा आइरहेको हुँदैन, अनि देश विकास गर्न हामीबाट सुरु गर्नुपर्छ अनि नेवारी भाषा विकास गर्न आफूबाट सुरु गर्‍यो भने पछि गएर अहिलेको बच्चाहरूले केही गर्न सक्छ कि भनेर कक्षा लिएको हो, उनले भनिन्, ‘अब अरूलाई नि सकेसम्म यही कक्षामा समावेश गराउने र नमिले आफूले सिकेको कुरा भए पनि सिकाउछु।’ 

कक्षामै रञ्जन लिपि सिक्न आएकी दीक्षा बाडेले रञ्जना लिपिका बारेमा बालापनदेखि पढ्दै आएकी छिन र अहिले बालबालिकाहरूलाई पढाउँछिन पनि। पेसाले इमानीयल स्कूलमा शिक्षण पेशा गरिरहेकी दीक्षाले आफ्नै विद्यार्थीहरूलाई सामाजिक विषयमा स्थानीय पाठ्यक्रम अनुसार पढाउन सहज हुने हिसाबले रञ्जना कक्षा लिन आएकी छिन। ‘अहिले विद्यालयमा पनि हाम्रो स्थानीय पाठ्यक्रम लागू भएको छ। म स्थानीय पाठ्यक्रम पनि पढाउँछु। मैले विद्यार्थीहरूलाई पनि पढाउनु अघि आफैले पनि सिक्नुपर्ने भएको हुनाले यो विषयमा ज्ञान पाउन यो कक्षामा छु।’

null

शिक्षिका मात्र नभइकन घरको बुहारी समेत रहेकी दीक्षा पछिल्लो समयमा सन्ततिहरूले आफ्नो मातृभाषा, आफ्नो संस्कृतिहरू भुलेर गइरहेकोले सिकाउन पर्ने बताउँछिन्। सिक्ने क्रममा उनीले विद्यालयमा सानो बालबालिकाहरूले जस्तै कठिनाइ महसुस गरिरहे पनि दिन प्रतिदिन सहज हुँदै आएको बताउँछिन्। ‘अहिले हाम्रो नेपाल भाषा हाम्रो भाइ बहिनीहरूले बोलिरहेका छैनन्, छोराछोरीहरूले बोलिरहेका छैनन्, लेखिरहेका छैनन्। हामीले इतिहासमा धेरै पढेका छौं, हामीलाई शिक्षकहरूले धेरै पढाउनु भएको छ। त्यसलाई अझ सिकाउन पर्छ, बोल्न लगाउनुपर्छ भन्ने उद्देश्यले म कक्षामा आइरहेको छु,’ उनले भनिन्। 

प्रशिक्षक तुलसी कृष्ण प्रजापतिले अहिले कक्षामा परीक्षार्थीहरूलाई शब्द लेखन सजिलो होस भनेर अक्षरबाट सुरु गरिएको र क्रमशः अक्षर हुँदै शब्द, शब्द संरचना, पुराना दस्तावेजहरूमा रञ्जना लिपि कसरी प्रयोग गरिएको छ भनेर सिकाउने योजना अनुरूप कक्षा सञ्चालन भइरहेको जानकारी दिए। ‘अब रञ्जना लिपिको कक्षामा चाहिँ हामीले लेख्न कसरी सजिलो गर्न सकिन्छ भन्ने हिसाबले २/३ दिन चाहिँ त्यो बाँकेहरू सिकाएर सुरु गरेका थियौ। र साथै बिस्तारै यो अक्षरहरू क देखि ज्ञ सम्म र अ देखि अः सम्म गरिसकेपछि विस्तारी शब्दसम्म र त्यस पछि हाम्रा पुराना पुराना दस्तावेजहरूमा रञ्जना लिपि कसरी यूज गरेको छ भनेर पनि हुन्छ’, उनले भने। 

null

यसअघि सञ्चालन भएको कक्षामा समय अपुग भएकाले यसपटक चाहिँ १५ दिन सञ्चालन गरिएको बताए। उनले समय अपुग भएमा थप गरिने बताए। उनले रञ्जना लिपिले नेपाललाई यूएनमा दर्ता हुन सघाएको बताउँदै निकै पुरानो भाषा भएको कारण पुरानो किताबहरू प्रायः रञ्जना लिपिमा लेखिएको हुँदा सिक्न आवश्यक रहेको बताए। 

null

गएको १५ गतेदेखि मध्यपूर थिमि नगरपालिका-८ अन्तर्गतको युवा क्लब, बोदेले १५ दिने आधारभूत रञ्जना लिपि तालिम आयोजन गरेको हो। गएको शनिबारदेखि सम्पूर्ण युवा भाइ बहिनीलाई रञ्जना लिपि सिकाउने उद्देश्यले तालिम आयोजना गरेको क्लबका अध्यक्ष अरपिस श्रेष्ठले बताए। 

null

उनका अनुसार बोडेका बासिन्दाहरूलाई लक्षित गरी आयोजना गरिएको यस कक्षामा थिमि, नगदेश र भक्तपुरबाट पनि परीक्षार्थीहरू सिक्न आएका छन्। अध्यक्ष श्रेष्ठले युवा क्लबको पहिलो कार्यक्रम रहेको बताउँदै क्लबका सदस्यहरूको बहुमतका आधारमा रञ्जना लिपि तालिम आयोजना गरिएको बताए।

युवा क्लबकी  सचिव ओशनी डली श्रेष्ठले क्लबले तालिममा सहभागी विद्यार्थीहरू मार्फत २०० का दरले दर्ता शुल्क लिएको र त्यहीबाट कक्षा सञ्चालन गरिरहेको बताइन्। उनका अनुसार हाल ५५ जना विद्यार्थी कक्षामा सहभागी हुँदै छन् भने अझै केही आउने क्रममा छन्। पछिल्लो समय नेवा समुदायमा नयाँ पीढीहरूको नेवारी भाषा बोल्ने, पढ्ने , लेख्ने रुचि घटिरहेको छ। यसलाई मध्यनजर गर्दै तालिम सञ्चालन गरिएको हो। 

null
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.