चक्कु देखाएर लघुवित्तको रकम लुटपाट, दुई जना पक्राउ
![चक्कु देखाएर लघुवित्तको रकम लुटपाट, दुई जना पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/Pakrau_arrest_20211205143058_0GJWWZNkJV_zUJfJHBDu5.jpg)
काठमाडौं : मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडमा कर्मचारी संगीता रोक्कालाई कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ परेका छन्।
मुड्खु भन्ज्याङ बस्ने रोक्का बिहीबार समूहको बचत र कर्जा संकलन गरेर कार्यालयमा फर्कँदै थिइन। यसैक्रममा उनलाई मोटरसाइकलमा सवार दुई जना युवकले बाटो रोकी चक्कु देखाएर उनीसँग रहेको दुई लाख ८ हजार ६ सय रुपैया लुटपाट गरेका छन्।
लुटपाट गर्ने तारकेश्वर मुड्खुका सरोज परियार र रसुवाका संगम तामाङ रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार लुटपाटपछि फरार भएका व्यक्तिलाई प्रहरी वृत बालाजुको टोलीले बिहीबार राती ९ बजे पक्राउ परेका छन्। उनीहरूको साथबाट एक लाख ३९ हजार रुपैयाँ सहित पक्राउ गरिएको हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)