राहदानी बनाउन जाँदा अनिवार्य परामर्श लिनुपर्ने

राहदानी बनाउन जाँदा अनिवार्य परामर्श लिनुपर्ने
सुन्नुहोस्

झापा : जिल्ला प्रशासन कार्यालय झापाले राहदानी (पासपोर्ट) बनाउन आउने सेवाग्राहीले अबदेखि अनिवार्य रुपमा आप्रवासी स्रोत केन्द्रमा परामर्श लिनुपर्ने नियमलाई कडाइका लागु गर्ने निर्णय गरेको छ।    

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले आप्रवासी स्रोत केन्द्र र जिल्ला प्रशासन कार्यालयबीच स्रोत केन्द्रहरूको कार्य प्रगति सम्बन्धी अन्तरक्रिया कार्यक्रम पश्चात् सो नियमलाई कडाइका लागू गर्ने निर्णय गरेको हो। 

वैदेशिक रोजगारी, शिक्षण तथा अन्य प्रयोजनका लागि विदेश जानेहरू राहदानी (पासपोर्ट) बनाउन आउँदा प्रशासन कार्यालयभित्रै स्थापना गरिएको आप्रवासी स्रोत केन्द्रमा परामर्श लिनुपर्ने प्रावधानलाई कडाइका साथ लागू गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए। 

राहदानी शाखाको बाहिर सो सम्बन्धी सूचनामूलक बोर्ड राख्ने, परामर्श लिन आएका सेवाग्राहीको आवेदन फारममा छाप लगाउने कार्य अनिवार्य गर्ने र सो छाप लगाएपश्चात् मात्र राहदानीको लागि फोटो खिचाउने प्रक्रियामा जाने निर्णय गरिएको प्रजिअ बास्तोलाले बताए। 

वार्षिक तथ्याङ्क हेर्दा विदेशिने व्यक्तिहरूले केन्द्रहरूबाट जानकारीका मूलक परामर्श नलिएकाले ठगिने जस्ता समस्याहरू बढ्दै गएको छ। त्यसको रोकथाम तथा न्यूनीकरणका लागि पनि परामर्श सेवालाई अनिवार्य बनाइएको उनको भनाइ छ। 

चालु आर्थिक वर्षको जेठ मसान्त सम्म प्रशासन कार्यालय झापाबाट २७ हजार ७९१ राहदानी जारी भएको छ। त्यसमध्ये १० हजार ४५१ जनाले मात्र आप्रवासी स्रोत केन्द्रमा परामर्श लिएको सामीका कार्यक्रम संयोजक शेखर बुढाथोकीले जानकारी दिए। 

१७ हजार ३४० अर्थात् ६२ दशमलव ३९ प्रतिशत सेवाग्राहीहरू सूचनाको पहुँचबाट छुटेको उनको भनाई छ। त्यस्तै इलाका प्रशासन कार्यालय गौरीगञ्जबाट २ हजार ७०६ राहदानी जारी भएकोमा आप्रवासी स्रोत उप केन्द्रमा एक हजार ५४० जनाले परामर्श लिएको छ। एक हजार १६६ जना सूचनाको पहुँचबाट वञ्चित भएको उनले बताए। 

भद्रपुर र गौरीगञ्जमा रहेका स्रोत केन्द्रमा चालु आर्थिक वर्षमा १४३ वटा मुद्दा परेकोमा ३६ वटा समाधान भएको र १०६ वटा मुद्दा अझै प्रक्रिया रहेको सामीको सहयोगी संस्था हेल्भेटासका कार्यक्रम अधिकृत रोहित विश्वकर्माले जानकारी दिए। 

भद्रपुर नगर प्रमुख गणेश पोखरेलको अध्यक्षता भएको कार्यक्रममा प्रजिअ बास्तोला, सहायक प्रजिअ विश्वराज नेपाल, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला लगायतको उपस्थिति रहेको थियो। त्यसैगरी सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले भद्रपुर, मेचीनगर, दमक र गौरीगञ्जमा खटिएका कर्मचारीहरूसँग वार्षिक समीक्षा गोष्ठी समेत सम्पन्न गरिसकेको जनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.