धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियामा अन्तरिम आदेशलाई निरन्तरता दिने सर्वोच्चको निर्णय
![धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियामा अन्तरिम आदेशलाई निरन्तरता दिने सर्वोच्चको निर्णय](https://annapurnapost.prixacdn.net/media/albums/supreme_court_of_nepal-57b41ca8b73c88.28420406_bLZGhLvcxh_d4YHA9v9x3.jpg)
काठमाडौं : सर्वोच्च अदालतले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया सम्बन्धमा यसअघि जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय सुनाएको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले शुक्रबार मुद्दाको फैसला नभएसम्मका लागि अन्तरिम आदेश निरन्तर हुने निर्णय सुनाएको हो।
बोर्डका अध्यक्ष प्रतिस्पर्धी सन्तोषनारायण श्रेष्ठले दायर गरेको रिटमा दोस्रो सुनुवाइ गर्दै सर्वोच्चले गत १८ असारमा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
अध्यक्षको सर्ट लिस्टमा परेका पाँच जनामध्ये तीनजना अन्तर्वार्तामा अनुपस्थित भएपछि सिफारिस समितिले प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो। सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठले उक्त निर्णय रद्द गर्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए। सिफारिस समितिले अध्यक्षका लागि १९ जनाको आवेदन परेको थियो। समितिले तीमध्ये ५ जनाको नाम सर्ट लिस्टमा राखेको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)