कांग्रेस-एमालेबीचको सहमति कार्यान्यवनमा अप्ठ्यारो पार्नसक्छ : शेखर कोइराला

कांग्रेस-एमालेबीचको सहमति कार्यान्यवनमा अप्ठ्यारो पार्नसक्छ : शेखर कोइराला
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एमाले र कांग्रेसबीचको सहमति कार्यान्वयनमा संविधानले अप्ठ्यारो पार्नसक्ने अवस्था रहेको बताएका छन्।

गिरिजाप्रसाद कोइराला लेबर फाउण्डेशन नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा विश्वासको मत लिएर सरकार गठनको प्रक्रिया संविधानको धारा ७६ को उपधारा ३ मा जानसक्ने अवस्था रहेको भन्दै यसले दुई दलबीचको सहमति कार्यान्वयनमा अप्ठ्यारो पार्नसक्ने बताए। 

उनले संविधानलाई टेकेर हिँड्नुपर्ने भएकाले विश्वासको मतपछि सरकार गठनको प्रक्रिया संविधानको धारा ७६ को उपधारा ३ जानसक्नेतर्फ सजग हुनुपर्ने धारणा राखे। उनले अब एमाले र कांग्रेसको सरकार देशलाई निकास दिने अन्तिम विकल्प भएकाले यो विकल्प पनि असफल भए देशमा दुर्घटना हुनसक्ने भएकाले नयाँ समीकरणलाई सफल बनाउने दायित्व सबैको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.