मुस्ताङका ४ किसान सम्मानित
जोमसोम : कृषि ज्ञान केन्द्र मुस्ताङले चार जना किसान किसानलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
केन्द्रले शुक्रबार आयोजित उत्कृष्ट कृषि पुरस्कार २०८१ पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा किसानलाई नगद १० हजार पुरस्कारसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो।
कृषि ज्ञान केन्द्रको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे स्थित आईपीएम स्याउ फार्मका निरज तुलाचन,वारागुङ मुक्तिक्षेत्र-४ तिरी स्थित गोम्बो अर्गानिक कृषि तथा पशुपक्षी फर्मका न्हुन्पु गुरुङ,घरपझोङ गाउँपालिका-५ ठिनीका किसान पल डिसी थकाली र लोघेकर दामोदरकुण्ड-५ ताङ्ग्या स्थित ताङ्ग्या पशुपालन तथा कृषि व्यवसाय फर्मका किसान कर्म साङ्वो गुरुङलाई कृषि ज्ञान केन्द्र मुस्ताङले नगद पुरस्कारसहित सम्मान गरेको हो।