त्रिशूली अस्पतालमा सिटी स्क्यान सेवा सुरु
![त्रिशूली अस्पतालमा सिटी स्क्यान सेवा सुरु](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_AS3XGdC0fB_xDtuwCg2cq.jpg)
वाकोट : नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा सिटी स्क्यान सेवा सुर गरिएको छ। विदुर नगरपालिका-९ बाघटारमा रहेको त्रिशूली अस्पतालले आधुनिक सिटी स्क्यान मेसिनबाट बिरामीहरूलाई सेवाको शुभारम्भ गरेको हो।
अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले सिटी स्क्यान सेवाको सञ्चालनसँगै बिरामीहरूलाई सुविधा पुग्नुका साथै उपचार सेवासमेत प्रभावकारी भएको बताए।
उनका अनुसार सिटी स्क्यान सेवा बिरामीहरूका लागि हाल प्रत्येक साताको मङ्गलबार प्रदान गर्ने कार्यतालिका रहेको छ। सिटी स्क्यान मेसिनबाट सेवा सञ्चालनमा आएपछि अस्पतालमा आउने बिरामीले थप गुणस्तरिय सेवा प्राप्त गर्नेमा डा. लामाले विश्वास व्यक्त गरेका छन्।
नुवाकोट, रसुवा र धादिङको उत्तरी भेगका गरी तीन जिल्लाका बिरामीले समेत गुणस्तरिय स्वास्थ्य सेवा पाउने अस्पतालले जनाएको छ। त्रिशूली अस्पतालमा आकस्मिक र बहिरंग गरी दैनिक तीन सय जनाभन्दा बढी बिरामीले सेवा लिँदै आएका छन्।
अस्पतालमा यसअघि सिटी स्क्यान जडान भए पनि प्राविधिक कारणले सञ्चालनमा आउन सकेको थिएन।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)