शनिबार देशका यी स्थानमा हुने छ वर्षा
![शनिबार देशका यी स्थानमा हुने छ वर्षा](https://annapurnapost.prixacdn.net/media/albums/Rainfall-hit-kathamndu_20200222022749_gldwIzELJ3_QDGs4GLxem.jpg)
काठमाडौं : शनिबार देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेको छ।
शनिबार राति पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)