तिब्बती शरणार्थीले काठमाडौंमा मनाए दलाई लामाको जन्मदिन (फोटो फिचर)

तिब्बती शरणार्थीले काठमाडौंमा मनाए दलाई लामाको जन्मदिन (फोटो फिचर)
तस्बिर : अन्नपूर्ण

काठमाडौं : नेपालमा बसोबास गर्दै आएका तिब्बती समुदायले आफ्ना धार्मिक नेता दलाई लामाको ८९ औं जन्मदिन शनिबार मनाएका छन्। तिब्बतबाट निर्वासित धार्मिक नेता लामा शनिबारदेखि ८९ वर्ष पुगेका छन्। उनी १४ औं दलाई लामा हुन्। 

null

जन्मोत्सव कार्यक्रमको संयोजन लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालय (टिबेटिएन रेफ्युजी वेलफेयर अफिस)ले गरेको हो। तिब्बती समुदायले काठमाडौं महानगरपालिकास्थित बौद्ध तिनचुलीमा एक कार्यक्रमको आयोजना गरी धार्मिक नेता दलाई लामाको जन्मदिन मनाएका हुन्।null

तिब्बती समुदायले तिब्बती परम्पराअनुसार दलाई लामाको तस्बिरमा पूजाअर्चना गरी दीर्घायुको कामना गरेका थिए। 

null

विशेष समारोहमा नेपालस्थित अमेरिकी राजदूत डिन आर थम्पसन, बेलायत, नेपालस्थित युरोपियन युनियनका विदेशी कूटनीतिज्ञ एवम् प्रतिनिधि,  संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) का प्रतिनिधि सहभागी थिए। अघिल्लो वर्ष उनीहरुले स्वयम्भुको नाम्गेल स्कूल परिसरमा कार्यक्रम गरेका थिए।

विश्वभर छरिएका तिब्बतीले जुलाई ६ मा धार्मिक एवम् निर्वासित नेता लामाको जन्मदिन मनाउँदै आएका छन्।

तस्बिरमा हेर्नुहोस्

nullnullnullnull

nullnullnullnullnullnullnullnullnullnull

तस्बिर : अन्नपूर्ण
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.