भारी बर्षाका कारण सडकमा पहिरो, वीपी राजमार्ग अवरुद्ध

भारी बर्षाका कारण सडकमा पहिरो, वीपी राजमार्ग अवरुद्ध
तस्बिर : जिल्ला प्रहरी कार्यालय काभ्रे

काभ्रे : अविरल वर्षाका कारण खसेको पहिरोले वीपी राजमार्ग अवरुद्ध भएको छ। काभ्रेको रोशी गाउँपालिका-८ नर्के आसपासमा गएको पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। विभिन्न स्थानमा पर्ने खहरेखोलामा लेदो थुप्रिँदा सडक अवरुद्ध भएको हो।

यसैगरी सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमिरेफाड र गोलञ्जोर गाउँपालिका–६ को अक्करेभीरमा पहिरो जाँदा गएरातिबाट सडक अवरुद्ध भएको छ।

प्रहरीका अनुसार सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन्। पहिरो पन्छाएर सडक सुचारु गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.