वीपी राजमार्ग अवरुद्ध : जेसिभीले लेदो पन्छाउँदै एकतर्फि सञ्चालन
काठमाडौं : भारी बर्षाले सडकमा पहिरो र लेदो आएपछि वीपी राजमार्ग अवरुद्ध भएको छ । वीपी राजमार्गको काभ्रेखण्ड अन्तर्गत रोशी गाउँपालिका ८ नर्के, चारसय बेसी र वडा ९ जनबिजयमंगल मावि स्कुल अगाडि सडक अवरुद्ध भएको छ ।
वडा नम्बर ११ कालढुङगा र १२ माम्तिस्थित बि.पि. राजमार्ग खहरेखोलाबाट लेदो आएर सड्क अवरोध भएको प्रहरीले जनाएको छ । उक्त स्थानमामा प्रहरी स्थानीयले सडक खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।
सडकमा आएको लेदो जेसिभी पन्छाएर बाटो एकतर्फि खुलाएको ईलाका प्रहरी कार्यालय मंगलटारको प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । लेदो आउने क्रम भइरहेको र पन्छाउने कार्य गर्दै बाटो सुचारू गर्ने प्रयास भइ रहेको उनले बताए ।