पूर्वप्रधानमन्त्री ओलीको पीएसओ थापाको निधन

पूर्वप्रधानमन्त्री ओलीको पीएसओ थापाको निधन
सुन्नुहोस्

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीको पीएसओको निधन भएको छ। सशस्त्र प्रहरी बलका प्रहरी अधिकृत ४२ वर्षीय उमेश थापाको सूर्यविनायकस्थित आफ्नै निवासमा शनिबार निधन भएको जिल्ला प्रहरी परिसर भक्तपुर प्रवक्ता राजन कार्कीले जानकारी दिए। 

कार्कीका अनुसार उनी शुक्रबार ड्युटी सकेर घर फर्किएका थिए। खाना खाएर सुतेका उनी बिहान ओछ्यानमा बेहोस अवस्थामा भेटिएका हुन्। उनलाई उपचारका लागि भक्तपुर अस्पतालमा लगिएपछि डाक्टरले मृत घोषणा गरेको कार्कीको भनाई छ ।

प्रवक्ता कार्कीले भने,‘थापाको शवको पोस्ट्मार्टम गर्न लागिएको छ। रिपोर्टपश्चात मात्र के भएको हो जानकारी आउँछ।’

हृदयघात ‘हार्ट अट्याक’ भएको प्रारम्भिक अनुमान गरिएको छ। उनी ओलीको सुरक्षार्थ खटिने प्रमुख हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.