प्रतिनिधि सभाको बैठक आइतबार बस्दै, रणनीति तय गर्न एमालेले बोलायो संसदीय दलको बैठक

प्रतिनिधि सभाको बैठक आइतबार बस्दै, रणनीति तय गर्न एमालेले बोलायो संसदीय दलको बैठक
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेले आइतबार संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । 

आइतबार प्रतिनिधि सभा बैठक बस्नु अघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको उनको भनाई छ। बैठकमा एमालेका सांसद्हरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ । एमाले र कांग्रेसको नयाँ गठबन्धन बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीले राजीनामा दिएका छन्।  यसैगरी जसपा नेपालले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले राजीनामा दिएका छन्। 

सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ मा विश्वासको मत लिने गरी व्यवस्थापन गर्न संसदका महासचिवलाई पत्र पठाएका छन्। लामो गृहकार्य र छलफलपश्चात गत सोमबार राति ओली र कांग्रेस शेरबहादुर देउवाले संविधान संशोधनको एजेन्डासहित सरकार बनाउन सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। 

दुई दलबीच भएको सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा डेढ वर्षपछि चुनावी सरकारको रुपमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नेछन्। एमालेले अर्थ मन्त्रालय लिँदा कांग्रेसले गृह मन्त्रालय लिने भएको छ।  एमालेले ९ वटा मन्त्रालय र कांग्रेसले १० वटा मन्त्रालय लिने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.