कांग्रेस संसदीय दलको बैठक आज बस्दै, नयाँ रणनीति तय गर्ने

कांग्रेस संसदीय दलको बैठक आज बस्दै, नयाँ रणनीति तय गर्ने
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो ३ बजे दलको बैठक बस्ने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। उनका अनुसार बैठक पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा केन्द्रित हुने छ । 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई हटाएर एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएपछि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। कांग्रेसले यस अगाडि पदाधिकारी र कार्यसम्पादन समितिको बैठकबाट दुई ठूला दलबीच भएको सहमति अनुमोदन गरिसकेको छ।

एमाले र कांग्रेसको नयाँ गठबन्धन बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीले राजीनामा गर्न लगाएको छ। यसैगरी जसपा नेपालले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले राजीनामा दिएका छन्। 

सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ मा विश्वासको मत लिने गरी व्यवस्थापन गर्न संसदका महासचिवलाई पत्र पठाएका छन्। लामो गृहकार्य र छलफलपश्चात गत सोमबार राति ओली र कांग्रेस शेरबहादुर देउवाले संविधान संशोधनको एजेन्डासहित सरकार बनाउन सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

दुई दलबीच भएको सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा डेढ वर्षपछि चुनावी सरकारको रुपमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नेछन्। एमालेले अर्थ मन्त्रालय लिँदा कांग्रेसले गृह मन्त्रालय लिने भएको छ।  एमालेले ९ वटा मन्त्रालय र कांग्रेसले १० वटा मन्त्रालय लिने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.