अविरल वर्षाका कारण गुल्मीका विभिन्न सडकहरू अवरुद्ध

अविरल वर्षाका कारण गुल्मीका विभिन्न सडकहरू अवरुद्ध
सुन्नुहोस्

गुल्मी : केही दिनदेखिको अविरल वर्षाका कारण गुल्मीका विभिन्न सडकहरू अवरुद्ध  हुन पुगेका छन्। अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा रहेका स्थानीय खहरे खोलामा पानीको बहाव र सडकमा पहिरोले कतिपय सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

रिडि–तम्घास सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–४ कालिका मोडमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। सडक माथिबाट पहिरो खसेर अवरुद्ध भएको उक्त सडकमा अहिले जेसिबी मेसिनको प्रयोग गरेर पहिरो हटाइएको छ। बिहानदेखि अवरुद्ध भएको सडक १० बजेदेखि सुचारु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।  

शनिबार बिहानैदेखि ग्रामिण क्षेत्रका सडकमा साना तथा ठूला सवारी साधान चल्न सकेका छैनन्। मदन भण्डारी राजमार्ग अन्तगर्तको तम्घास सिमलटारी सडकमा पर्ने घमिरखोला,अर्जेखोला,धनार्जी खोला र हुलाके खालामा पानी बहाव बढिरहेको छ। यीमध्येमा खोलाबाट दर्जनौं साना तथा ठूला सवारी साधान आवातजावत गर्ने गर्दछन्। 

रुख ढलेर सडक अवरोध
त्यस्तै अविरल बर्षातका कारण गुल्मीदरबार गा.पा. ४ सानो बिरबासमा रुख ढलेर सडक अवरोध भएको छ। हाल उक्त स्थानमा स्थानीय र प्रहरीको सहयोगमा रुख हटाउने काम भइरहेका प्रहरीले जनाएको छ।सिमलटारि–तम्घास सडकखण्डको सडकमा माथीबाट पहिरो खसेर अवरुद्ध भएका ठाउँमा जेसिबी मेसिनको प्रयोग गरेर हटाउने काम भएको छ। त्यस्तै बर्षातका कारण सत्यवति गा.पा.६ उर्लिखोलामा पनि पानीको बहाव बढ्न पुगेको छ। 

पहिराले घर पूर्ण क्षति

सत्यवती गाउँपालिका –३ ठुलोलुम्पेकका ३५ वर्षीय रेशम पुलामीको ढुङगा माटो निर्माण गरिएको १ तले कच्ची घरमा पहिराले पूर्ण क्षति गरेको छ। घरमा माथिबाट ढुङ्गा माटोसहितको पहिरो खसेर घरको पूर्ण क्षति भएपछि पुलामी आफन्तको घरमा बसेका छन्। उनको घरमा २ जना मात्र बस्दै आएको भएपनि मानविय तथा पशु चौपाया केही क्षेति नभएको प्रहरीले जनाएको छ। 

सत्यवती–४ रुद्धवेणी वामी सडकखण्डको नदेवा खोलामा अबिरल बर्षातको कारण पानिको वहाव बढ्न गएको छ। चन्द्रकोट गाउँपालिका ८ टेलिमिल र मजुवा बजारस्थित अबिरल बर्षातको कारण माथीबाट ढुङ्गा माटोसहितको पहिरो खसेर सडक पूर्ण रुपमा अबरोध भएको छ। अहिले उक्त स्थानमा पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ।

बर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा पाल्पाका सिद्धार्थ राजमार्ग र तानसेन–रिडी सडक अवरुद्ध भएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.