पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध

पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध
सुन्नुहोस्

काभ्रे : धुलिखेल नगरपालिका-८ तिरतिरे धारामा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ। पहिरोसँगै रुख पनि ढलेपछि सडक अवरुद्ध भएको हो। 

बिहान पाँचखाल ५२ किलो खण्डमा पनि पहिरो खसेको पहिरो हटाउने काम निरन्तर पानी परिरहेकाले हुन नसकेको प्रहरीले जनाएको छ। 

अहिले धुलिखेल खण्डमा स्काभेटर ल्याएर पहिरो हटाउने काम भइ रहेको जिल्ला प्रहरी काभ्रेले जनाएको छ। बाटोमा पहिरोले रुख खसेको रुख काट्ने काम हुँदै छ। विभिन्न स्थानहरूमा सड्क खुलाउने पहल भएको लामो दूरीको यात्रा गर्दा सजग अपनाउन प्रहरीले अनुरोध गरिएको छ। बीपी राजमार्ग पूर्ण बन्द रहेको छ। 

null

अविरल वर्षाको कारण विभिन्न स्थानमा खसेको पहिरो र सडकमा जम्मा भएको लेदोको कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। बीपी राजमार्ग हुँदै पूर्व जाने यात्रुलाई धुलिखेल र बनेपामै रोकिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.