राज्यका सबै संयन्त्रलाई उद्धारमा खटिन निर्देशन

राज्यका सबै संयन्त्रलाई उद्धारमा खटिन निर्देशन
सुन्नुहोस्

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले राज्यका सबै संयन्त्रको पूर्ण परिचालन गर्दै प्राकृतिक प्रकोपको क्षति न्युनीकरण गर्न निर्देशन दिएका छन्।

निरन्तरको वर्षासँगै देशभर भएका विपद्का घटना र ती घटनाको व्यवस्थापनबारे गृहमन्त्रालयमा छलफल गर्दै लामिछानले सरकारले गरेको पूर्ण तयारीका कारण यसअघिको भन्दा क्षति कम भएको देखिएको भन्दै जोखिम कायमै रहेकाले राज्यका सबै संयन्त्रको पूर्ण परिचालन गर्दै प्राकृतिक प्रकोपको क्षति न्युनीकरण गर्न निर्देशन दिएका हुन्।

उनले सीमित स्रोत साधनका कारण सरकारको तयारी प्रयाप्त नभए पनि गम्भीरताका साथ फिल्डमा खटिनसमेत निर्देशन दिए। पहिरोको समस्या धेरै देखिएकाले जोखिमयुक्त क्षेत्रको पहिचान गरि बस्तीमा रहेका नागरिकलाई स्थानान्तरण गर्ने कामलाई प्राथमिकता दिनुपर्ने उनले बताए।

उनले क्षति भएका स्थानका नागरिकलाई खाधान्न तथा कपडाको व्यवस्था गर्न पनि निर्देशन दिए। बैठकमा गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा नेपाली सेनाका उच्च अधिकारीलगायतको उपस्थिति थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.