एकीकृत समाजवादीले केन्द्रीय कमिटीले पूर्णता पाएपछि मात्रै पदाधिकारी चयन गर्ने

एकीकृत समाजवादीले केन्द्रीय कमिटीले पूर्णता पाएपछि मात्रै पदाधिकारी चयन गर्ने
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय आलोकनगरमा शनिबार बेसको महाधिवेशनपछिको केन्द्रीय कमिटीको पहिलो प्रथम बैठकले २९९ जनाको केन्द्रीय कमिटीले पूर्णता पाएपछि मात्रै पदाधिकारीलाई पूर्णता दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

नेकपा समाजवादीले महाधिवेशनबाट अध्यक्ष, महासचिव र सम्मानीत नेताका साथै ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ। बाँकी सदस्यहरू चयनका लागि विधि र मापदण्ड तय गर्न आइतबार केन्द्रीय कमिटीको बैठक पुनः बस्ने खतिवडाले जानकारी दिए।

बैठकले पार्टी पदाधिकारी चयन नभएकाले पार्टीको कामलाई अघि बढाउन अन्तरिम अवस्थाका लागि पुराना कमिटीका सदस्यहरूलाई नै जिम्मेवारी प्रदान गरिएको उनको भनाइ छ। बैठकले पार्टीको दसौं महाधिवेशनको सामान्य समीक्षा गर्दै पार्टीलाई थप ऊर्जा प्राप्त भएको निष्कर्ष निकालेको छ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.