ओखलढुंगामा पहिरोले होटलसँगै पुरिएका दुवै जनाको उद्धार

ओखलढुंगामा पहिरोले होटलसँगै पुरिएका दुवै जनाको उद्धार
सुन्नुहोस्

ओखलढुंगा : ओखलढुंगामा पहिरोले दुईवटा टहरासहित आमा छोरी जना पुरिएका छन्। भोजपुर घर भई सिद्धिचरण नगरपालिका १२ मा होटल गर्दै आएकी इन्दिरा खत्री र निजकी छोरी १३ वर्षीया लक्ष्मी विष्टलाई टहरासँगै पहिरोले पुरेको हो। 

प्रहरी र स्थानीयको सहायतामा उनीहरूको उद्धार गरेर उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल पठाइएको छ। घाइतेमध्ये  १३ वर्षीया विष्टको दुवै खट्टामा गम्भीर चोट लागेको छ। घाइतेको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। थप उद्धार तथा सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ। 

टहरामाथिको सडकको नाली पुरिएर जम्मा भएको पानी चर्किएको सडकको डिलबाट खसेपछि पाखो र रुखसँगै पहिरो बगेको थियो। स्थानीयको लापरबाहीले सडकको नाली बन्द भएपछि सडकको पानी जम्मा भएर पहिरो गएको हो। शुक्रबार रातिदेखि निरन्तर परेको अविरल वर्षाका कारण जिल्लाभरका सडक अवरुद्ध भएका छन् भने जताततै पहिरो जान थालेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.