हेलमार्व अटोका लाइट कमर्सियल ईभी गाडीहरू नेपाल आउँदै

हेलमार्व अटोका लाइट कमर्सियल ईभी गाडीहरू नेपाल आउँदै
सुन्नुहोस्

काठमाडौं : चीनको प्रतिष्ठित हेलमार्व अटोका लाइट कमर्सियल ईभी गाडीहरूको आधिकारिक बिक्रेतामा वेबोर ग्रुपअन्तर्गतको नेक्सन भेन्चर्स प्रालि नियुक्त भएको छ। लाइट कमर्सियल गाडीहरूमा एचई सिक्स- ११ सीटर, एचई सभेन- १४ सीटर तथा एचई सेभेन सी- कार्गो मोडल नेपालमा आउन लागेका हुन्।

प्योर ईभी प्लेटफर्ममा निर्मित एचई सिक्स- ११ सीटर प्यासेन्जर भ्यानको लम्बाई ४८६५ एमएम, चौडाई १७१५ एमएम तथा उचाई १९९५ एमएम रहेको छ। यसको ह्वीलबेस ३०५० एमएम छ। १४ इन्चको अलोय ह्वील तथा ग्राउण्ड क्लियरेन्स १८५ एमएम छ। यस मोडलमा ४१.८६ किलोवाट आवरको उत्कृष्ट सीएटीएल ब्याट्री र ७० किलोवाटको पिक पावर मोटर रहेको छ। यस एचई सिक्स मोडलले ३०० किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ। डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ४० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

त्यस्तै एचई सभेन- १४ सीटर प्यासेन्जर भ्यानको को लम्बाई ५२६५ एमएम, चौडाई १७१५ एमएम तथा उचाई २०६५ एमएम रहेको छ। यसको ह्वीलबेस ३४५० एमएम छ। १४ इन्चको अलोय ह्वील तथा ग्राउण्ड क्लियरेन्स १८५ एमएम रहेको छ। यस मोडलमा पनि ४१.८६ किलोवाट आवरको उत्कृष्ट सीएटीएल ब्याट्री र ७० किलोवाटको पिक पावर मोटर रहेको छ। यस एचई सभेन मोडलले २५० किलोमिटर सम्मको रेञ्ज दिने कम्पनीको दाबी छ। डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ४० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

त्यस्तै एचई सभेन सी-कार्गो भ्यानको लम्बाई ५२६५ एमएम, चौडाई १७१५ एमएम तथा उचाई २०६५ एमएम रहेको छ। यसको ह्वीलबेस ३४५० एमएम छ। १४ इन्चको अलोय ह्वील तथा ग्राउण्ड क्लियरेन्स १८५ एमएम रहेको छ। यस मोडलमा पनी ४१.८६ किलोवाट आवरको उत्कृष्ट सीएटीएल ब्याट्री र ७० किलोवाटको पिक पावर मोटर रहेको छ।

१.२ टन सम्मको लोड क्षमता रहेको यस एचई सभेन सी मोडलले २५० किलोमिटर सम्मको रेञ्ज दिने कम्पनीको दाबी छ। डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ४० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। केही दिनअघिमात्र वेबोर ग्रुपअन्तर्गतको नेक्सन भेन्चर्स प्रालिले विश्वको प्रसिद्ध डिजाइन हाउस सांघाई लञ्च अटोमोटीभको प्रिमियम इलेक्ट्रिक एसयूभी एलईभी - ०१ नेपालमा ल्याउने जनाएको थियो।

ईभी गाडीहरूको बढ्दो बिक्रीलाई ध्यानमा राखेर नेपालको मुख्य राजमार्गहरूमा ७२ ओटा ८० किलोवाटको डीसी फास्ट चार्जरहरूको पूर्वाधार निर्माण तथा सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.