शेखर कोइरालासँग प्रधानमन्त्रीले मागे सहयोग, जवाफमा भने- अब ढिला भइसक्यो

शेखर कोइरालासँग प्रधानमन्त्रीले मागे सहयोग, जवाफमा भने- अब ढिला भइसक्यो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग भेटवार्ता गरेका छन्। सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री दाहालले कांग्रेस नेता कोइरालासँग शनिबार बालुवाटारमा भेटवार्ता गरेका हुन्।

प्रधानमन्त्री दाहालले संविधानको धारा ७६(३) बमोजिम सरकार बनाउन कोइरालासँग प्रस्ताव गरेको बालुवाटार स्रोतले जानकारी दियो। नेकपा एमालेसँग सत्ता सहकार्य गर्नु त्यति उचित नहुने भन्दै उनले कांग्रेस नेतृत्वमै सरकार बनाउन कोइरालासँग सहयोग मागेका थिए।

'जे भयो भइहाल्यो। अब संविधानको धारा ७६(३) बमोजिम कांग्रेसकै नेतृत्वमा सरकार बनाउन तपाइँको सहयोग चाहियो। एमालेसँग सहकार्य गरेर केही हुनेवाला छैन,' उनले कोइरालासँग भनेका थिए।

नेता कोइरालाले प्रधानमन्त्रीको प्रस्तावलाई अस्विकार गरेका थिए। उनले धेरै ढिला भइसकेकाले मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए। 

'अब धेरै ढिला भइसक्यो। पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने कुरा पनि हुँदैन। तपाइँले मार्ग प्रशस्त गरिदिएको राम्रो। किनकि संसदबाट विश्वासको मत पाउने अवस्था पनि छैन,' नेता कोइरालाको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो। 

संविधानको धारा ७६ (३)मा संसदमा ठूलो दलको हैसियतमा सरकार बन्ने प्रावधान छ। 'प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्त हुनसक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ,' संविधानको धारा ७६(३)मा भनिएको छ।

७६ (२)मा कुनै दलको बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउने प्रावधान छ भने ७६ (४)मा उपधारा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिने प्रावधान छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.