काभ्रेमा खोला तर्ने क्रममा बगाउँदा दुई जनाको मृत्यु
काभ्रे : जिल्लाको रोशी गाउँपालिका-११ भ्याकुरे खोला तर्ने क्रममा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६५ वर्षीया जालमाया रुजाल मगर र उनको भदैनि ५ वर्षीया सेतिमाया रुजाल मगर रहेका छन्।
शनिबार बेलुकी खोला तर्ने क्रममा खोलाले बगाएर ९ मिटर तल पुर्याएको थियो। जिल्ला प्रहरी कार्यालयले दुवै जनाको शव भेटिएको पुष्टि गरेको छ। इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी निरीक्षक कृष्ण गिरीसहित थप टोली घटनास्थलमा पुगेको छ।