कोशी ब्यारेजमा खतरा, ब्यारेजका ढोका खोल्न भारतको आनाकानी

कोशी ब्यारेजमा खतरा, ब्यारेजका ढोका खोल्न भारतको आनाकानी
सुन्नुहोस्

धरान : लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाब बढेपछि कोशी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। पूर्वी पहाडी जिल्लामा निरन्तर वर्षा भएपछि सप्तकोशीमा पानीको बहाब उच्च भएको हो। 

शनिबार बेलुका ७ बजे सप्तकोशीमा पानीको बहाब प्रतिसेकेन्ड ३ लाख ७ हजार ९ सय २५ क्युसेक पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए। सप्तकोशीमा पानीको बहाब बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४० मात्र ढोका खोलिएका छन्। सप्तकोशीमा प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक पानीको बहब पुगेपछि खतरा मानिन्छ। 

सप्तकोसीमा पानीको बहब उच्च हुँदासमेत कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण बराह क्षेत्र नगरपालिकाको श्रीलंका टापुमा कटान सुरु गरेको स्थानीय सन्तोष चन्द्रबंशीले बताए। उनले सप्तकोशीमा पानीको बहाब उच्च भएको बेला ब्यारेजका सबै ढोका खोल्न माग गरेका छन्। 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नविनकृष्ण भण्डारीले सप्तकोशी आसपासका बासिन्दालाई बाढी आएको समयमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको बताए। उनले सप्तकोशीको बाढीबाट हुने क्षतिलाई नियन्त्रण  गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तयारी अवस्थामा राखिएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.