मुस्ताङको मार्फा राजखोलामा बाढी आउँदा बेनी-जोमसोम सडकखण्ड अवरुद्ध

मुस्ताङको मार्फा राजखोलामा बाढी आउँदा बेनी-जोमसोम सडकखण्ड अवरुद्ध
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

जोमसोम : अविरल वर्षासँगै शनिबार रातिदेखि आएको मार्फा राजखोला बाढीले  बेनी-जोमसोम सडकखण्ड अवरुद्ध बनेको छ । मुस्ताङको मार्फा खोलामा आएको बाढीले धार परिर्वतन गर्दा बेनी—जोमसोम सडक अन्तर्गत मुस्ताङखण्ड समेत  सिधा सडक आवागमन अवरुद्ध बनेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

मार्फा खोलामा धौलागिरि आइसफल ,मानापाथी हिमालको फेद र धम्पुस पिकको फेंदबाट बहने मार्फा खोलामा  लेदो र गेग्रानसहित आएको बाढीले धार परिवर्तन गरेसँगै मार्फा—जोमसोम मुख्य सडक राजमार्ग अवरुद्ध बनेको प्रजिअ पन्तले खुलाए । बाढीले मार्फा गाउँभित्रको मुख्य सडकमा आशिंक रुपमा खोलाका पसेको र  सडक ट्याक समेत ध्वस्त भएको सूचनासँगै प्रशासनको  पहलमा डोजर परिचालन गरेर राजखोला बाढीले नियन्त्रणमा लिइसकेको प्रजिअ पन्तले उल्लेख गरे ।

 ‘बाढीले मार्फा गाउँमा आशिंक जोखिम बढेकोमा अहिले खोलालाई पन्छ्याएर नियन्त्रणमा लिइसकेका छौं, सडक ट्याकमा बाढी पसेकाले सडक सडक अवरुद्ध छ ,’प्रजिअ पन्तले भने,‘ मौसमले साथ दिएमा, हामी सडक खोल्न पहल गर्छौं, सुरक्षाकर्मीहरूलाई सडक खुलाउन त्यहाँ पठाउने तयारी हुँदैछ ।’

मुस्ताङको मार्फा खोलामा बाढी आउँदा गाउँभित्रको मुख्य राजमार्ग सडक समेत जलमग्न भएको नेकपा एमालेका जिल्ला अध्यक्ष दिपक लालचनले जानकारी दिए । मार्फा खोलामा यसअघि पनि चैत महिनामा पनि पटक पटक लेदो र ग्रेगानसहितको बाढी आएको थियो । आइतबार बिहानको बाढीले सडक संरचना ध्वस्त भएको र त्यहाँ अवस्थित निर्माणधिन करिडोर सडकको पक्की पुल समेत जोखिममा रहेको अध्यक्ष लालचनले बताए ।‘आहिले राजखोलालाई पुन साविककै ट्याकमा हालेर नियन्त्रणमा लिइसकेका छौं,अध्यक्ष लालचनले भने,‘वर्षा रोकिएमा प्रशासन,सुरक्षाकर्मी,जनप्रतिनिधि र स्थानीयबासीको सहयोगमा सडक खोल्न पहल गर्छौं ।’

जिल्ला प्रशासन कार्यालय मुस्ताङले मार्फा खोलामा सडक खुलाउन सुरक्षाकर्मी परिचालन गरिने र साँझसम्ममा सडक खोल्न सकिने जनाएको छ । मुस्ताङ प्रशासनले बेनी—जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीका विभिन्न स्थान गरी आधा दर्जन ठाउँमा बाढी पहिरो र नदी कटानले सडक अवरुद्ध बनेको उल्लेख गरेको छ ।

कालिगण्डकी करिडोर बेनी—जोमसोम—कोरला सडक आयोजनाका सडक सुपरभाईजर ईन्द्रसिंह शेरचनले बेनी—जोमसोम सडकमा शुक्रबारदेखि बाढी पहिरो र नदी कटानले आधा दर्जन बढी स्थानमा सडक अवरुद्ध भईरहेको जनाकारी दिए । सडक सुपरभाइजर शेरचनका अनुसार  बेनी—जोमसोम ७४ किमी सडकखण्डको म्याग्दी सडकको बैसरी,सिरुबारी,महभीर,तातोपानी नौनीबगर, गुईठे, रुप्से र मुस्ताङको थाप्लाङ खोला सडकमा  बाढी पहिरो र नदी कटानले सडक अवरुद्ध भएको जानकारी दिए ।

सडक सुपरभाइजर शेरचनले अहिले पहिरोले सडक अवरुद्ध भएको स्थान तातोपानीको नौनीबगर र गईठे भीरको सडकमा पहिरो पन्छ्याएर सडक सूचारु भएको र अन्य स्थानमा पनि सडक सफा गर्ने तयारी भइरहेको उल्लेख गरे ।

म्याग्दीको कमजोर भूबनोटका कारण बर्सेनि बर्खायाममा बेनी—जोमसोम निर्माणधिन सडकमा क्षति हुने गर्छ । सडक आयोजनाले बेनी—जोमसोम सडकको म्याग्दी खण्डमा झन्डै एक दर्जन स्थानमा बाढी पहिरो र नदी कटानले सडक जोखिम निम्त्याउने गरेको बताएको छ । मनसुनसँगै हलुका वर्षा हुने वित्तिकै म्याग्दी खण्डकको निर्माणधिन राष्ट्रिय राजमार्ग सडकमा पटकपटक सडक समस्या आउने गरेको आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईले जानकारी दिए । उनले आयोजनाअन्तर्गत रहेका निर्माण कन्ट्रक्सनका उपकरण सडक खुलाउन तयारी अवस्थामा रािखएको र समस्या आउने बित्तिकै सडक खोल्ने काम गर्दै आइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले शनिबारदेखि ३ दिनसम्म भारी वर्षा हुने सूचना दिएपछि म्याग्दी र मुस्ताङ प्रशासनले अतिआवश्यकीय कामकाजबाहेक बेनी-जोमसोम सडकमा यात्रा नगर्न अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.