प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेश गर्ने
काठमाडौं : संघीय संसदअन्तरगतको प्रतिनिधिसभा बैठक बस्दैछ। आइतबार बिहान ११ बजेका लागि बैठक डाकिएको छ। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।
प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पति भएकव विनियोजन विधेयक २०८१का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन्।
बैठकमा पूर्वाधार विकास समितिको सभापति दिपकबहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन २०८० पेश गर्ने कार्यसूचीमा उल्लेख छ।
यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तेत्तीसौं प्रतिवेदन आर्थिक वर्ष २०७९/२०८० पेश गर्ने कार्यसूची छ।