सीमा रक्षार्थ लिपुलेकको छाङरुमा महर्षि वेदव्यासको मूर्ति

सीमा रक्षार्थ लिपुलेकको छाङरुमा महर्षि वेदव्यासको मूर्ति
सुन्नुहोस्

लिपुलेक नेपालको हो। त्यहाँ छाङरु भन्ने गाउँ छ, त्यो हाम्रो हो। जुन गाउँमा महर्षि वेदव्यासले पुराण रचना गरेका हुन्। शास्त्रका श्लोकले यो कुरो प्रष्ट उल्लेख गरेको छ। हामीले जानेबुझेको तनहुँको दमौलीमा चाहिँ उनै वेदव्यास जन्मिएका हुन्। ‘दमौली जन्म बदरी वनस्तु व्यासमुनि सत्यवती सुतांै’ भनेर शिलामा लेखिएको छ।

अब पुराण के भन्छ भने मादीका शुक्लगण्डकीको संगममा व्यासको मूर्ति छ। जसले उनको जन्मभूमि नेपाल हो भन्ने प्रमाण दिन्छ। कोशीका तटमा पनि व्यासको आश्रम छ भन्छ महाभारत। त्यसलाई पनि उठाउने हाम्रो लक्ष्य हो। वेदव्यासको मूर्ति लिपुलेकको तल छाङरु भन्ने गाउँमा राख्ने तयारी छ। यसरी राख्यौं भने कमसेकम यसले नेपालको सीमा स्तम्भको काम गर्ने छ। त्यहाँ १४ फिट अग्लो अष्टधातुको मूर्ति बनाउँदै छौं। यसमा बुद्धिजीवी र भक्तजनले सरसहयोग गर्नुहुँदै छ। २०८१ सालभित्रै तयार पारेर त्यो छाङरुमा लगेर वेदव्यासको मूर्ति राख्ने यो काममा अहोरात्र खटिइरहेको छु।

वेदव्यासजी त्यहाँ गएर तपस्या गर्नुभयो। त्यसैले त्यहाँ उहाँको मूर्ति राख्ने इच्छा छ। त्यसका लागि प्रयासरत छु। सबैको सहयोगबाट यो सम्भव हुनेछ। तत्कालीन समयमा ७५ जिल्ला समेटेर महाकाली नदीको भम्केनीमा ७५ फिट अग्लो नेपाल आमाको अष्टधातुको मूर्ति बनाउँदै छु, अन्तिम चरणमा छ। यसले समग्र नेपालीको शिर उँचो बनाउने छ। 

(बालसन्त मोहनशरण देवाचार्य नेपालका प्रथम जगद्गुरु हुन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.