प्रधानमन्त्री पदमा बसिरहनु अनुचित, तत्काल राजीनामा दिनुपर्ने एमालेको निष्कर्ष


काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ। प्रतिनिधिसभा बैठक बस्नुअघि संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री 'प्रचण्ड'ले तत्काल राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार गठनमा मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो।

अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्ड पदमा बसिरहनु अनुचित ठहर गर्दै तत्काल राजीनामा दिनुपर्ने एमालेको ठहर छ। काम चलाउ सरकारका प्रधानमन्त्रीबाट दीर्घकालीन निर्णय भइरहेको र यस्ता निर्णयहरू राष्ट्रहित विपरित हुने एमालेको ठम्याइँ छ।

बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए। 'अल्पमतमा परेको सरकारले लामो समयसम्म राजीनामा नदिने कुरा अनुचित कुरा हो। प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिएर राष्ट्रिय सरकारको निर्माणलाई सहयोग गर्न आग्रह गरेका छौं, 'उनले भने, 'सरकारले विभिन्न निर्णयहरूगरिरहेको छ। यस्तो अवस्थामा कुनै पनि निर्णय गर्न हैसियत राख्नदैन। त्यो राष्ट्रहित विपरित हो।  उहाँले राजीनामा दिनु भएन भने असार २८ गते विश्वास मत लिने भन्नुभएको छ। उहाँले राजीनामा नदिए विश्वास मतको विपक्षमा एमालेले मतदान गर्छ।’

कांग्रेस-एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। उसले मन्त्रीहरूलाई राजीनामा गराएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। सहमतिअनुसार दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्नेछन्।

सहमतिअनुसार संसदको बाँकी समय पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। त्यसपछि चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन्।

अशोक राई नेतृत्वको जसपा पनि प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले असार २८ गते संसदबाट विश्वासको मत लिँदैछन्। तर उनले विश्वासको मत पाउने संभावना भने छैन। 

हाल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सीट आवश्यक पर्छ। अहिले सबैभन्दा ठूलो दल नेपाली कांग्रेस ८८ र दोस्रो ठूलो दल नेकपा एमाले ७९ जना सांसद छन्। यी दुवैलाई जोड्दा पनि
बहुमत पुग्ने अर्थात् १६७ सीट पुग्ने अवस्था छ।

 माओवादी केन्द्रसँग ३२ सीट छ।  राष्ट्रिय स्वतन्त्र पार्टीसँग २१ सीट छ भने एकीकृत समाजवादीसँग १० सीट छ। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १४,जनता समाजवादी पार्टीसँग ७,जनमत पार्टीसँग ६, जनता समाजवादी पार्टी, नेपालसँग ५, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीसँग ४-४ सीट छ।

त्यसबाहेक नेपाल मजदुर किसान पार्टी,राष्‍ट्रिय जनमोर्चा,आम जनता पार्टीसँग एक-एक र दुई स्वतन्त्र सांसद छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.