२० वर्षे गुरुयोजना सार्वजनिक

२० वर्षे गुरुयोजना सार्वजनिक
सुन्नुहोस्

रसुवा : उत्तरगया गाउँपालिकाको २० वर्षे गुरु योजना सार्वजनिक गरेको छ। २० वर्षे योजना तयार गर्ने रसुवाको पहिलो गाउँपालिका हो। 

गाउँपालिकाले तयार गरेको रणनीतिक योजनामा स्थानीय सरकर सञ्चालन ऐनमा भएको प्रदान गरेको अधिकार क्षेत्रभित्र रहेर स्थानीय तहले प्रभावकारी सेवा प्रबाहका लागि योजनाबद्ध विकास गर्नुपर्ने मान्यताका आधारमा गुरुयोजना तयार गरेको हो।

गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याल, उपाध्यक्ष चमेली गुरुङ, प्रमुख प्रशासकीय अधिकृत दीपकप्रसाद अधिकारी तथा कार्यपालिका सदस्यहरूले पुस्तक सार्वजनिक गरे। दोस्रो आवधकि योजनासमेत प्रकाशन गरी सार्वजनिक गरिएको छ। 

सुसंस्कृत सुखी जनता समाजवाद उन्मुख प्रदेशको दीर्घकालीन सोचलाई पुरा गर्ने दिशामा उन्मुख भइ समृद्ध उत्तरगया, सभ्य र खुशी उत्तरगयावासी दीर्घकालीन सोचसहितको एकीकृत गुरु योजना तयार भएको गाउँपालिकाले जनाइएको छ। हाम्रो संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी स्वाधिन, समुन्नत तथा समाजवाद उन्मुख अर्थ व्यवस्थामार्फत समृद्ध नेपालको निर्माण गर्ने परिकल्पना गरेको छ। 

यसैगरी संयुक्त राष्ट्र संघद्वारा, सन् २०१६ देखि २०३० सम्मका लागि विश्वव्यापी विकास एजेण्डाका रूपमा विभिन्न १७ वटा दिगो विकासका लक्ष्यहरू निर्धारण गरिएका छन्। 

यसै सन्दर्भमा संघीय व्यवस्थाको महत्वपूर्ण आधारका रूपमा रहेको स्थानीय सरकारले पनि स्वाभाविक रूपमा माथि उल्लिखित संविधानले निर्देश गरे अनुसारको नीतिसँग समायोजन हुने गरी आफ्नो दिगो विकासका लक्ष्य हासिल गर्न आफ्नो योजनाबद्ध आवधिक र दीर्घकालीन योजना तर्जुमा गरिएको गाउँपालिका अध्यक्ष अर्यालले बताए। 

गुरु योजनाका लक्ष्यहरूलाई सफल पार्न हरेक वर्ष योजना तर्जुमा, कार्यान्वयन र समीक्षा गर्दा विगतमा भए गरेका प्रशंसनीय कार्यको आत्मबोध गर्ने, अपनत्व ग्रहण गर्ने र समेटेर सँगसँगै लैजाने कार्यमा सहयोग गर्न सबैमा अनुरोध उपाध्यक्ष चमेली गुरुङले बताइन्। 

‘रणनीतिमा जैविक विविधताले भरिपूर्ण प्रचुर प्राकृतिक सम्पदा र सांस्कृतिक विशेषताहरू भएको उत्तरगया गाउँपालिकामा जनताको सामाजिक न्याय सहितको समृद्धिको तीव्र चाहनाअनुसार योजनाबद्ध विकास गर्न यो प्रतिवेदन मार्गचित्र हुनेछ’, उपाध्यक्ष गुरुङले बताइन्। उनका अनुसार स्थानीय स्रोत र साधनहरूलाई आधारभूत तहमा रहेका जनताहरूको पहुँच र लाभ पुग्नेगरी उपयोग र विस्तार होस्। 

आर्थिक, सामाजिक र वातावरणीय पक्षको नकारात्मक प्रभाव न्यून हुने गरी दिगो विकासको सिद्धान्त अनुसार योजनाहरू तय गर्नको निम्ति तयार गरेको दस्तावेज धेरै विषय समेटिएको छ। 

गाउँपालिकाले दिगो विकासका फ्रेमवर्क निर्माण गर्ने र सोही अनुसार प्रभावकारी रूपमा विकास गरी नागरिकको जीवनस्तरमा सुधार ल्याउन योजना प्रभावकारी हुने प्रमुख प्रशासकीय अधिकृत दीपकप्रसाद अधिकारीले बताए। 

हेडलाइट प्रालि नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना छनौट गरी २० वर्षे आवधिक योजना २०८० देखि २१०० सम्म निर्माण भएको पुस्तक १६९ पृष्ठमा गाउँपालिकाको पर्यटकीय, कृषि, पशुपालनलगायत सबै पक्ष समेटेर गुरु योजना तयार पारेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.