' सरकार टिकिहाल्छ कि भनेर प्रधानमन्त्री अझैं भ्रममा हुनुहुन्छ'

' सरकार टिकिहाल्छ कि भनेर प्रधानमन्त्री अझैं भ्रममा हुनुहुन्छ'
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेस सांसद राजेन्द्र बजगाईले बाढी पहिरो प्रभावितहरूका लागि यो सरकार काम गर्न नसक्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बजगाईले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' दबाबमा रहेकाले बाढीपहिरो पीडितहरूले तत्काल राहत तथा उद्दार नपाउने उनको भनाइ छ।

उनले कतै  सरकार टिकिहाल्छ कि भनेर प्रधानमन्त्री 'प्रचण्ड'अझै भ्रममा रहेको टिप्पणी गरे। 'द्वन्द्व सम्हालेर आएका प्रधानमन्त्री दबाबमा हुनुहुन्छ। दैविक प्रकोपमा सरकारले त्यति ध्यान दिन सकेको  छैन। सक्ने पनि छैन। परिस्थिति पनि अप्ठयारो छ। सरकार कतै टिकिहाल्छ कि भनेर उहाँ ध्यानमा केन्द्रित हुनुहुन्छ,'उनले भने,' बाढी पहिरोमा उहाँ केन्द्रित हुन सक्नु हुन्न। उहाँ असार २८ गतेसम्म कुर्नुपर्नेछ । बाढीपहिरोमा उहाँ केन्द्रित हुनसक्नु हुन्न।'

लगातारको बाढी पहिरोबाट मुलुकभर धनजनको ठूलो क्षति भइरहेको छ। तराईंका अधिकांश स्थानहरू डुवानको चपेटामा परेका छन् भने पहाडतिर पहिरोले बस्ती नै सखाप पारिरहेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.