गृहमन्त्रीको अभिव्यक्तिप्रति शाहीको आपत्ति, फाइल खोलेर दोषीलाई पक्राउ गर्न चुनौति

गृहमन्त्रीको अभिव्यक्तिप्रति शाहीको आपत्ति, फाइल खोलेर दोषीलाई पक्राउ गर्न चुनौति
सुन्नुहोस्

काठमाडौं : राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकार गठनका बिषयमा सदनमा जात्रा देखिएको बताएका छन्।आइतबार प्रतिनिधिसभा बैठकमा शाहीले कांग्रेस–एमालेबीचको सहमतिका बारेमा सदनमा जात्रा देखिएको बताएका हुन्।

सरकारमा हुँदा केहि नगर्ने,नयाँ समिकरण बन्ने बितिकै ठूलै काम गर्ने कुरा तथा एक आपसमा गालीलगौजको श्रृंखला सदनमा देखिएको उनको भनाई छ। शाहीले अहिलेको संविधानका कारण मुलुकमा पटक पटक सरकार परिवर्तन हुने अवस्था आएको भन्दै यसलाई संशोधन गर्नुपर्ने बताए।

देशका हितमा नरहेका संविधानका बुँदाहरु परिवर्तन गर्न दलहरुलाई कसैले नरोकेको उनको भनाई छ। उनले नयाँ दलहरुलाई पुराना दलहरुको विकल्पमा रुपमा जनताले मत दिएको भन्दै नयाँ दलहरु पद र प्रतिष्ठामा रमाउन थालेको जिकिर गरे। 

शाहीले जीवि राईलाई पक्राउ गरेर नेपाल ल्याए गृहमन्त्री रवि लामिछानेलाई फूलमाला लगाइदिने बताए।

त्यस्तै फाइल खोल्ने डरले सरकार परिवर्तन गर्न लागेको गृहमन्त्रीको अभिव्यक्ति प्रति आपत्ति जनाउदै उनले बाँकी रहेको सात दिनभित्र फाइल खोल्न र दोषीलाई पक्राउ गर्न चुनौति दिए। शाहीले गृहमन्त्री लामिछाने प्रचण्ड पथको पछाडि लागिपरेको टिप्पणी गरे।

उनले फाइल खोल्न आग्रह गर्दै जनतालाई कहिलेसम्म भ्रमित पार्ने भन्दै प्रश्न गरे। उनले भने,‘ठ्याक्कै कपी गर्नुभएको छ गृहमन्त्रीले। हुन त सँगसँगै हुनुहुन्छ सरकारमा। फाइल खोल्ने भनेपछि मेरो सरकार ढाल्यो रे ! अझै सात दिन छ, फाइल खोलौँ। झ्याम कि झ्याम पक्रेर जेल हालौँ। हामी साथ र सहयोग गर्छौँ।’

 उनले क्यान्टोनमेन्ट घोटालामा कसको संलग्नता छ, रोस्ट्रममा उभिएर जवाफ दिन गृहमन्त्रीलाई अनुरोधसमेत गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.