एसको अपूर्ण कमिटी : केन्द्रीय सदस्यको नाम सिफारिस गर्ने जिम्मा प्रदेश इन्चार्ज र सचिवलाई

एसको अपूर्ण कमिटी : केन्द्रीय सदस्यको नाम सिफारिस गर्ने जिम्मा प्रदेश इन्चार्ज र सचिवलाई
सुन्नुहोस्

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी सदस्य चयनका लागि सिफारिस गर्ने जिम्मेवारी प्रदेशका इन्चार्ज र सचिवहरुलाई दिएको छ। 

पार्टी कार्यालयमा आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर क्षमताका आधारमा केन्द्रीय कमिटी सदस्य चयनका लागि प्रदेशका इन्चार्ज र सचिवहरूलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो। 

सिफारिस गरिएका सदस्यहरुको अन्तिम टुङ्गो केन्द्रीय कमिटी लगाउने नेता जगन्नाथ खतिवडाले जानकारी दिए। उनले अबको १० दिनभित्र केन्द्रीय कमिटीले पूर्णता पाउने र त्यसपछि पदाधिकारी चयन हुने बताए। 

खतिवडाले सर्वसम्मत नेतृत्व चयनको सन्देश जनताले पाइसकेको अवस्थामा पार्टीप्रति थप विश्वास खडा भएको जिकिर गरे। उनले आगामी निर्वाचनमा स्थानीय तहका साथै अन्य निर्वाचनमा पार्टीले उल्लेख्य सिट हासिल गर्ने भन्दै अहिले पार्टीप्रतिको आलोचनालाई सुझावका रुपमा ग्रहण गर्ने बताए।

शुक्रबार सम्पन्न नेकपा एसको महाधिवेशनले अध्यक्ष, सम्मानित नेता, महासचिव सहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो। पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ। 

प्रधानमन्त्रीलाई विश्वासको मत दिने

खतिवडाले प्रधानमन्त्रीले विश्वासको मत लिँदा आफ्नो पार्टीले पक्षमा मतदान गर्ने जानकारी पनि दिए। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिने जानकारी गराएका छन्।

आइतबार बसेको सभाको बैठकमा उनले प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिने जानकारी गराएका हुन्। कांग्रेस र एमालेबीच सहमति भएर नयाँ गठबन्धन गरेपछि प्रधानमन्त्री अल्पमतमा परेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.